मराठी फिल्मको हिन्दी रिमेक बनाउँदै सलमान खान « Khabarhub

मराठी फिल्मको हिन्दी रिमेक बनाउँदै सलमान खान


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता सलमान खानले हालै आफ्नो फिल्म ‘राधे’ को शूटिङ सकेका छन् ।

अब सलमानले अर्को नयाँ फिल्मको शूटिङको काम थालेका छन् । खबरका अनुसार सलमानले सन् २०१८ मा रिलिज भएको मराठी फिल्म ‘मुशली प्याटर्न’ को हिन्दी रिमेक ‘अन्तिम’ मा शीर्ष भूमिका निभाउँदैछन् ।

फिल्ममा सलमान खानसँगै आयुष शर्मा पनि शीर्ष भूमिकामा देखिनेछन् । फिल्मको छायांकन छिट्टै हुने बताइएको छ ।

महेश माञ्जरेकरको निर्देशनमा बन्ने यो फिल्म मराठी फिल्मको हुबहु कपी भने हुने छैन । फिल्ममा सलमान खान एक प्रहरीको भूमिकामा देखिनेछन् ।

फिल्मको छायांकन नोभेम्बरबाट शुरु हुने जनाइएको छ । शुरुमा फिल्मको नाम ‘ग्याङ अफ नर्थ’ राखिएको थियो । पछि नाम फेरेर ‘अन्तिम’ राखिएको हो।

यो फिल्मको छायांकन मुम्बई र कर्जतमा हुनेछ ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  २ : ०० बजे

रातभर मनाएर सकियो तलेजुको जात्रा

भक्तपुर– विजयादशमीका दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

काठमाडौँ– नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस

नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षरोपण

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित खल्लागोठमा मछेली नदीको कटान रोक्न

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि

विपद्का कारण राजमार्ग प्रभावित

काठमाडौँ– बाढी पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा