अन्तिम समयमा रावणसँग लक्ष्मणले लिएका थिए यी तीन ज्ञान | Khabarhub Khabarhub

अन्तिम समयमा रावणसँग लक्ष्मणले लिएका थिए यी तीन ज्ञान


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रावणको नाम सुन्ने बित्तिकै रामायणका बारेमा सुन्नेहरुले राक्षसको रुपमा चिन्छन् । तर सत्य यो हो कि, रावण जस्तो ज्ञानी मानिस यो संसारमा त्यो बेला सायदै थिए ।

रावण जब आफ्नो अन्तिम क्षणमा थिए, त्यसबेला भगवान श्रीरामले आफ्ना भाइ लक्ष्मणलाई रावणसँग गएर नीति, राजनीति र शक्ति विद्या ग्रहण गर्न आज्ञा दिएका थिए ।

१. सबैभन्दा पहिला रावणले लक्ष्मणलाई सबैभन्दा पहिला शुभ कार्य गरिहाल्नुर्ने बताएका थिए । साथै अशुभ काम जति सकिन्छ धकेल्दै जानुपर्दछ । रावणले लक्ष्मणलाई भगवान श्रीरामलाई चिन्न आफूले ढिला गरेको बताएका थिए ।

२. साथै रावणले लक्ष्मणलाई आफ्नो दोश्रो ज्ञानका रुपमा आफ्नो प्रतिद्वन्दीलाई कहिल्यै पनि आफूभन्दा कमजोर ठान्नु नहुने बताएका थिए । रावणले लक्ष्मणसँग भने, मैले यो भुल गरेको थिएँ कि, भगवान श्रीरामलाई सानो ठाने ।

मैले उहाँलाई मामुली मानिस सोचेँ, मैले जसलाई सामान्य मानिस सोचेँ, उनले मेरा पूरा सैनिक नष्ट गरिदिनुभयो । उनले भने, मैले जब व्रह्माजीसँग अमर हुने वरदान मागेको थिएँ,त्यो बेला मानिस र बाँदरका साथै अन्य कसैले वध गर्न नसकोस् भन्ने वरदान दिएका थिए । तर मैले बाँदरलाई तुच्छ सोचेको थिएँ । यो नै मेरो ठूलो गल्ती भयो ।

३. रावणले तेश्रो कुरा लक्ष्मणलाई आफ्नो जीवनमा कुनै पनि रहस्य सानो हेस् वा ठूलो कसैलाई बताउन नहुने बताएका थिए । उनले भने यो विषयमा पनि म चुकेँ । किनभने विभिषण मेरो मृत्युको राज जान्दथे । यो नै मेरो जीवनको सबैभन्दा ठूलो गल्ती थियो । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  १२ : २९ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख १६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट