अन्तिम समयमा रावणसँग लक्ष्मणले लिएका थिए यी तीन ज्ञान « Khabarhub

अन्तिम समयमा रावणसँग लक्ष्मणले लिएका थिए यी तीन ज्ञान


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रावणको नाम सुन्ने बित्तिकै रामायणका बारेमा सुन्नेहरुले राक्षसको रुपमा चिन्छन् । तर सत्य यो हो कि, रावण जस्तो ज्ञानी मानिस यो संसारमा त्यो बेला सायदै थिए ।

रावण जब आफ्नो अन्तिम क्षणमा थिए, त्यसबेला भगवान श्रीरामले आफ्ना भाइ लक्ष्मणलाई रावणसँग गएर नीति, राजनीति र शक्ति विद्या ग्रहण गर्न आज्ञा दिएका थिए ।

१. सबैभन्दा पहिला रावणले लक्ष्मणलाई सबैभन्दा पहिला शुभ कार्य गरिहाल्नुर्ने बताएका थिए । साथै अशुभ काम जति सकिन्छ धकेल्दै जानुपर्दछ । रावणले लक्ष्मणलाई भगवान श्रीरामलाई चिन्न आफूले ढिला गरेको बताएका थिए ।

२. साथै रावणले लक्ष्मणलाई आफ्नो दोश्रो ज्ञानका रुपमा आफ्नो प्रतिद्वन्दीलाई कहिल्यै पनि आफूभन्दा कमजोर ठान्नु नहुने बताएका थिए । रावणले लक्ष्मणसँग भने, मैले यो भुल गरेको थिएँ कि, भगवान श्रीरामलाई सानो ठाने ।

मैले उहाँलाई मामुली मानिस सोचेँ, मैले जसलाई सामान्य मानिस सोचेँ, उनले मेरा पूरा सैनिक नष्ट गरिदिनुभयो । उनले भने, मैले जब व्रह्माजीसँग अमर हुने वरदान मागेको थिएँ,त्यो बेला मानिस र बाँदरका साथै अन्य कसैले वध गर्न नसकोस् भन्ने वरदान दिएका थिए । तर मैले बाँदरलाई तुच्छ सोचेको थिएँ । यो नै मेरो ठूलो गल्ती भयो ।

३. रावणले तेश्रो कुरा लक्ष्मणलाई आफ्नो जीवनमा कुनै पनि रहस्य सानो हेस् वा ठूलो कसैलाई बताउन नहुने बताएका थिए । उनले भने यो विषयमा पनि म चुकेँ । किनभने विभिषण मेरो मृत्युको राज जान्दथे । यो नै मेरो जीवनको सबैभन्दा ठूलो गल्ती थियो । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  १२ : २९ बजे

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ