कोरोना सङ्क्रमणबाट दुई वृद्धको मृत्यु | Khabarhub Khabarhub

कोरोना सङ्क्रमणबाट दुई वृद्धको मृत्यु


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन मेडिकल कलेजमा उपचाररत कोरोना सङ्क्रमणबाट दुई वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा एक चितवनका र अर्का रुपन्देहीका छन् ।

अस्पतालका अनुसार रत्ननगर नगरपालिका–९ का ८८ वर्षीय कोरोना सङ्क्रमित वृद्ध रहेका छन् । उच्च रक्तचाप र मधुमेहको समस्या भएका उनी अस्पतालमा कात्तिक ११ गते भर्ना भएका थिए । उनको स्वाब परीक्षण गर्दा १२ गते कोरोना पुष्टि भएको थियो ।

अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारको क्रममा आज बिहान ६.५४मा उनको मृत्यु भएको अस्पतालका प्रेस संयोजक डा किशोर अधिकारीले जानकारी दिए ।

यस्तै अर्का रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका–८ का ८४ वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । अस्पतालका अनुसार उनी कात्तिक ३ गते कोरोना पुष्टि भएर ११ गते अस्पताल भर्ना भएका थिए ।

ज्वरो, उच्च रक्तचाप र श्वासप्रश्वासको समस्या भएका उनको बिहीबार राति ११.४७ बजे मृत्यु भएको डा अधिकारीले जानकारी दिए । उनको स्वास्थ्यमा जटिल समस्या भएपछि कोभिड सघन उपचार कक्षमा राखेर उपचार हुँदै आएको थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  ३ : ५० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र