शान्ति मिसनमा जाने प्रहरी टोलीको बिदाइ « Khabarhub

शान्ति मिसनमा जाने प्रहरी टोलीको बिदाइ


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ फर्मड पुलिस युनिट (एफपियु) को रुपमा सुडानको डारर्फरस्थित युनामिड मिसन १७औँ समूहमा जाने प्रहरीलाई आज बिदाइ गरिएको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा उक्त समूहका नेतृत्वकर्ता प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरी टोलीको बिदाइ गरेका हुन ।

उक्त मिसनका लागि १८० जना प्रहरी त्यसतर्फ जाने छन् । उनले प्रहरी कर्मचारीलाई कार्य क्षेत्रमा आइपरेको परिस्थितिमा भएको परिवर्तन र गतिशीलतालाई ध्यानमा राखी काम गर्न निर्देशन दिए ।

संयुक्त राष्ट्रसंघीय मिसनमा खटिने प्रहरी कर्मचारी देश र संगठनको प्रतिनिधिको रुपमा रहने उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापाले भने, “विदेशमा रहँदा तपाई व्यक्ति र सङ्गठन मात्र होइन, मुलुकको प्रतिनिधि हो, त्यसैले मर्यादित आचरण, अनुशान र कर्तव्यपरायणबाट विचलित हुनुहुन्न ।”

उनले आवश्यक मापदण्ड अनुसार व्यवसायिकता प्रदर्शन गरी दिएको जिम्मेवारी पूरा गर्न समेत निर्देशन दिए ।

प्रहरी प्रधान कार्यालय युएन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वीरेन्द्रकुमार बस्यालले त्यसतर्फ खटी जाने समूहमा एक प्रहरी उपरीक्षक, चार प्रहरी नायब उपरीक्षक, सात प्रहरी निरीक्षक, २४ प्रहरी नायब निरीक्षक, १७ प्रहरी सहायक निरीक्षक, ५५ प्रहरी हबल्दार, ६५ प्रहरी जवान र सात प्रहरी कार्यालय सहयोगी रहेको जानकारी दिनुभयो । उनीहरु दुई समूहमा २०७७ कात्तिक १७ र मङ्सिर ११ गते त्यसतर्फ प्रस्थान गर्नेछन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  ५ : २८ बजे

पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई

कास्की – पोखरामा आज सम्पन्न भएको २०औँ संस्करणको पोखरा अन्तरराष्ट्रिय

महाशिवरात्रीको पूर्व सन्ध्यामा यस्तो देखियो पशुपति क्षेत्र (तस्बिरहरू)

काठमाडाैं – महाशिवरात्रि पर्वका अवसरमा पशुपति क्षेत्रमा साधुसन्त एवं टाढाबाट

महाशिवरात्रि : पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन प्रभावकारी बनाइयो

काठमाडौं – महाशिवरात्रि पर्वका अवसरमा आइतबार हुनसक्ने सम्भावित घुइँचो रोक्न

म्याग्दीमा माटोको ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानमा आज माटोको ढिस्कोले पुरिएर

गृहमन्त्रीबाट पशुपति क्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले महाशिवरात्रिको पूर्वसन्ध्यामा आज साँझ पशुपति