चिनियाँ नाकामा सामान रोकिएका व्यवसायीले गरे आत्महत्या « Khabarhub

चिनियाँ नाकामा सामान रोकिएका व्यवसायीले गरे आत्महत्या

चीनको अघोषित नाकाबन्दीले नेपाली व्यापारी मर्कामा


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केरुङ– रसुवागढी नाकामा चीनले १० महिनादेखि चीनले अघोषित नाकाबन्दी गरेको छ । यो नाकाबन्दीको मारमा चीनबाट नेपाल सामान ल्याएर व्यापार गर्ने व्यापारी परेका छन् ।

नेपाली व्यापारीको सामान झण्डै ११ महिनादेखि नाकामा रोकिएको छ । नाकामा रहेको सामानको भाडा, सामान किन्न लिएको ऋणले व्यापारी थलिएका छन् भने उनीहरु हतोत्साही पनि भएका छन् ।

व्यवसायी हरेराम पाैडेल

यहीबीचमा एक व्यापारीले आत्महत्या गरेका छन् । ११ महिनादेखि नेपाल–चीन सीमामा सामान रोकिएर व्यापार व्यवसाय ठप्प भएका व्यापारी हरेराम पौडेलले आत्महत्या गरेका छन् ।

उनले आफ्नै काठमाडौँ पेप्सीकोलामा डोरीको पासो लगाएर आत्महत्या गरेका छन् । आत्महत्याको यकिन कारण खुलेको छैन । तर लामो समयदेखि व्यापार व्यवसाय ठप्प हुँदा ऋणको बोझ बढेर ज्यान गुमाएको हुनसक्ने अनुमान छ ।

उनले प्रयोग गरेका मोबाइल तथा अन्य उपकरण प्रहरीको फरेन्सिक ल्याबमा छ । त्यसको रिपोर्ट आएपछि यस विषयमा केही भन्न सक्ने प्रहरीको भनाई छ ।

कोभिड–१९ को संक्रमणपछि गत पुसदेखि चीनले आफ्ना सबै नाका सिल गरेको थियो । चीनको वुहानमा सबैभन्दा पहिले भाइरस देखिएपछि नाका सिल गर्दा तातोपानी र केरुङ दुवै नाकामा नेपालीका २ हजार कन्टेनर सामान अड्किएका छन् । केरुङ नाकामा मात्र अझै नेपाली व्यवसायीका १ हजार कन्टेनर सामान थन्किएका छन् ।

पुसमा सिल गरेको केरुङ नाका गत जेठमा केही दिन खुलेको थियो । तर एक जना नेपाली श्रमिकलाई कोभिड–१९ पोजिटिभ देखिएको बाहनामा चीनले फेरि नाका बन्द गरिदियो । त्यसबेला लोड भएका ८० कन्टेनर सामान नेपाली भूमि पस्नै नपाई फेरि बन्द भए ।

कोरोना पोजिटिभ देखिएका ती कामदार केही समयपछि नै निको भएर काममा फर्किए । अरु चालक र कामदार कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट लिएर सीमावारि पर्खिबसे । तर न त चीनले नाका खोल्ने तदारुकता देखायो, न नेपाल सरकारले निर्णायक पहलकदमी नै गर्‍यो ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  ६ : २६ बजे

राजनीतिक बन्दीको रिहाइको पर्खाइमा भेनेजुएलाका विपक्षी दल र सर्वसाधारण

भेनेजुएला – भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोले एक साताअघि अमेरिकी

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार