इयूले चिनियाँ दुर्लभ खनिजमाथिको निर्भरता अन्त्य गर्ने « Khabarhub

इयूले चिनियाँ दुर्लभ खनिजमाथिको निर्भरता अन्त्य गर्ने


८ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

बर्लिन – बेइजिङले धेरै प्रमुख क्षेत्रमा आवश्यक खनिज निर्यातमा थप प्रतिबन्ध लगाउने घोषणा गरेसँगै इयूले चीनबाट दुर्लभ खनिजमाथिको निर्भरता अन्त्य गर्न काम गरिरहेको शनिबार युरोपेली सङ्घका प्रमुख उर्सुला भोन डेर लेयनलले बताए ।

विश्वको सबैभन्दा धेरै दुर्लभ खनिज उत्पादन गर्ने मुलुक चीनले खनिज प्रविधिको निर्यातमा लगाएको नयाँ नियन्त्रणले युरोपेली सङ्घका केही कम्पनीहरूलाई उत्पादन रोक्न बाध्य पारेको र आर्थिक नोक्सान पुगेको युरोपेली सङ्घले बताएको छ ।

इयू प्रमुख भोन डेर लेयनले भने , “यसको उद्देश्य हाम्रा युरोपेली उद्योगहरूका लागि छोटो, मध्यम र दीर्घकालीन रूपमा महत्वपूर्ण कच्चा सामानको वैकल्पिक स्रोतहरूमा पहुँच सुरक्षित गर्नु हो।”

अप्रिलदेखि बेइजिङले केही निश्चित निर्यातका लागि लाइसेन्स आवश्यक गरेको छ, जसले विश्वव्यापी उत्पादन क्षेत्रहरूमा तरङ्ग सिर्जना गरेको छ।

चीनले यसै महिना अटो, इलेक्ट्रोनिक्स र रक्षा उद्योगका लागि म्याग्नेटलाई महत्वपूर्ण बनाउन प्रयोग गरिने दुर्लभ खनिज प्रविधिको निर्यातमा नयाँ नियन्त्रणको घोषणा गरेको छ। भोन डेर लेयनले भन्नुभयो, “इयू योजनाको एक महत्त्वपूर्ण सुरवात पुनः प्रशोधन हुनेछ। “केही कम्पनीहरूले ९५ प्रतिशत महत्वपूर्ण कच्चा माल र ब्याट्रीहरू रिसाइकल गर्न सक्छन्,” उनले भने ।

उनले भने, “इयू समूहले ‘महत्वपूर्ण कच्चा पदार्थको उत्पादन र प्रयोगपछिमने पुनः प्रशोधन प्रक्रिया’ मा पनि ध्यान केन्द्रित गर्नेछ र ‘युक्रेन, अष्ट्रेलिया, क्यानाडा, कजाकिस्तान, उज्बेकिस्तान, चिली र ग्रीनल्याण्डजस्ता देशहरूसँग महत्वपूर्ण कच्चा माल खरिदका लागि साझेदारी गर्नेछ।

प्रकाशित मिति : ८ कार्तिक २०८२, शनिबार  ८ : ४६ बजे

अस्पतालको भवन तयार : उपकरण र जनशक्तिको व्यवस्थापनपछि सञ्चालन हुने

लमजुङ– लमजुङको मर्स्याङ्दी गाउँपालिका-७ ङादीमा १० शय्याको नवनिर्मित आधारभूत अस्पताल

बालेनको बदलिँदो शैली : पहिले भेट्नै मानेनन्, अब शक्ति राष्ट्रका राजदूतलाई पालैपालो बोलाउँदै

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह सत्ताको सय दिन पार गरेसँगै आफ्नो

अन्डरडग ‘गौँथली’, छैन रोकिने छनक !

काठमाडौं – ‘कन्टेन्टमा दम’ भएका फिल्मको प्रचार दर्शकले नै गरिदिन्छन्

आङ सान सुकीको रिहाइसम्बन्धी आसियानको आह्वान म्यानमाद्वारा अस्वीकार

याङ्गुन- म्यानमारको सैन्य समर्थित सरकारले नजरबन्दमा रहेकी पूर्वनेतृ आङ सान

ग्यासको आपूर्ति १५ प्रतिशत बढेको छ, उपभोक्ताले अतिरिक्त खरिद नगर्ने हो भने समस्या समाधान हुन्छ : संघ

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्ताले अतिरिक्त ग्यास खरिद