चिनियाँ नाकामा सामान रोकिएका व्यवसायीले गरे आत्महत्या « Khabarhub

चिनियाँ नाकामा सामान रोकिएका व्यवसायीले गरे आत्महत्या

चीनको अघोषित नाकाबन्दीले नेपाली व्यापारी मर्कामा


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केरुङ– रसुवागढी नाकामा चीनले १० महिनादेखि चीनले अघोषित नाकाबन्दी गरेको छ । यो नाकाबन्दीको मारमा चीनबाट नेपाल सामान ल्याएर व्यापार गर्ने व्यापारी परेका छन् ।

नेपाली व्यापारीको सामान झण्डै ११ महिनादेखि नाकामा रोकिएको छ । नाकामा रहेको सामानको भाडा, सामान किन्न लिएको ऋणले व्यापारी थलिएका छन् भने उनीहरु हतोत्साही पनि भएका छन् ।

व्यवसायी हरेराम पाैडेल

यहीबीचमा एक व्यापारीले आत्महत्या गरेका छन् । ११ महिनादेखि नेपाल–चीन सीमामा सामान रोकिएर व्यापार व्यवसाय ठप्प भएका व्यापारी हरेराम पौडेलले आत्महत्या गरेका छन् ।

उनले आफ्नै काठमाडौँ पेप्सीकोलामा डोरीको पासो लगाएर आत्महत्या गरेका छन् । आत्महत्याको यकिन कारण खुलेको छैन । तर लामो समयदेखि व्यापार व्यवसाय ठप्प हुँदा ऋणको बोझ बढेर ज्यान गुमाएको हुनसक्ने अनुमान छ ।

उनले प्रयोग गरेका मोबाइल तथा अन्य उपकरण प्रहरीको फरेन्सिक ल्याबमा छ । त्यसको रिपोर्ट आएपछि यस विषयमा केही भन्न सक्ने प्रहरीको भनाई छ ।

कोभिड–१९ को संक्रमणपछि गत पुसदेखि चीनले आफ्ना सबै नाका सिल गरेको थियो । चीनको वुहानमा सबैभन्दा पहिले भाइरस देखिएपछि नाका सिल गर्दा तातोपानी र केरुङ दुवै नाकामा नेपालीका २ हजार कन्टेनर सामान अड्किएका छन् । केरुङ नाकामा मात्र अझै नेपाली व्यवसायीका १ हजार कन्टेनर सामान थन्किएका छन् ।

पुसमा सिल गरेको केरुङ नाका गत जेठमा केही दिन खुलेको थियो । तर एक जना नेपाली श्रमिकलाई कोभिड–१९ पोजिटिभ देखिएको बाहनामा चीनले फेरि नाका बन्द गरिदियो । त्यसबेला लोड भएका ८० कन्टेनर सामान नेपाली भूमि पस्नै नपाई फेरि बन्द भए ।

कोरोना पोजिटिभ देखिएका ती कामदार केही समयपछि नै निको भएर काममा फर्किए । अरु चालक र कामदार कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट लिएर सीमावारि पर्खिबसे । तर न त चीनले नाका खोल्ने तदारुकता देखायो, न नेपाल सरकारले निर्णायक पहलकदमी नै गर्‍यो ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  ६ : २६ बजे

बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच

राँझा– बैजनाथ गाउँपालिकाले किशोरीहरूमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामा

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा : मन्त्री रावल

धनगढी- भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले

गरिमा चौधरीको न्याय माग्दै माइतीघरमा विरोध प्रदर्शन

काठमाडौं- बारामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको न्यायको

स्वेजको विकल्प बन्दै आर्कटिक मार्ग, व्यावसायिक चुनौती कायमै

एजेन्सी– मध्यपूर्वमा जारी अशान्तिका कारण स्वेज नहर हुँदै हुने समुद्री

साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको साउनमा एक खर्ब ८७ अर्ब ४४