कलाकार दाहालको निधन « Khabarhub

कलाकार दाहालको निधन


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कलाकार सुशीला दाहालको ६७ वर्षको उमेरमा निधन भएको छ।

लामो समयदेखि पेल्भिक क्यान्सरबाट पीडित दाहालको अमेरिकाको वाल्थमस्थित हस्पिस केयर सेन्टरमा  बिहीबार बिहान निधन भएको हो।

कलाकार दाहालले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँग ‘लालपूर्जा’, ‘चिरञ्‍जीवी’ र ‘भकुन्डे भुत’ लगायत चर्चित टेलीश्रृंखलामा अभिनय गरेकी थिइन्।

कलाकार हरिवंश आचार्यले दाहालको निधनप्रति दुःख व्यक्त गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत श्रद्धाञ्जली दिएका छन् ।

“आदरणीय दिदी शुसिला दाहालले हाम्रा लालपुर्जा, चिरन्जिबी लगायत धेरै टेलिचलचित्रमा अभिनय गर्नु भएको स्मरण ताजै छ। उहाँको निधनले हामीलाई मर्माहत गरेको छ”, कलाकार आचार्यले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  ६ : २४ बजे

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट

रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति नै सहकारी ठगीमा पक्राउ

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति

इथियोपियाको टिग्रेमा भोकमरीका कारण तीन बर्षमा एक हजार ३०० को मृत्यु

अदिस अबाबा – इथियोपियाको हिंसाग्रस्त टिग्रे क्षेत्रमा विगत तीन वर्षमा