नवदुर्गाको प्रसाद शीतल निवास पठाइने « Khabarhub

नवदुर्गाको प्रसाद शीतल निवास पठाइने


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बडादशैंको कोजाग्रत पूर्णिमाका दिन नवदुर्गा देवगणको दर्शन र प्रसाद ग्रहणमा राष्ट्रपति विद्यादेवी भण्डारी अनुपस्थित भएपछि प्रसाद राष्ट्रपति निवासमा पठाइने भएको छ ।

कोरोना भाइरसको महामारीका कारण बडादशैंको कोजाग्रत पूर्णिमाका दिन नवदुर्गा देवगणको दर्शन गर्न राष्ट्रपति भण्डारी भक्तपुर नगएपछि पूजाको प्रसाद राष्ट्रपति निवास पठाइने भएको हो ।

आउँदो मंगलबार नवदुर्गालाई विः ट्ङकेगु (महानवमीको मध्यराति वध गरिएको महिषासुरको प्रतिक खःमेय्को संकलित रक्तिसेवन) विधि सकाएर शीतल निवासमा प्रसाद दिन जाने तयारी गरिएको नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन समितिका सचिव रत्नमान बनमालाले जानकारी दिए ।

उनले राष्ट्रपतिलाई प्रसादका रुपमा बिमिरो, पञ्चरङ्गी धागो, फूलमालालगायत प्रसाद दिने तयारी भएको बताए ।

राष्ट्रप्रमुखले भक्तपुर गँछेंस्थित नवदुर्गा द्यछें पुगेर नवदुर्गा भवानीको दर्शन तथा प्रसाद ग्रहण गर्ने प्रचलन तत्कालीन राजा वीरेन्द्रले शुरु गरेका थिए ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  ७ : ४३ बजे

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सडक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको