नवदुर्गाको प्रसाद शीतल निवास पठाइने | Khabarhub Khabarhub

नवदुर्गाको प्रसाद शीतल निवास पठाइने


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बडादशैंको कोजाग्रत पूर्णिमाका दिन नवदुर्गा देवगणको दर्शन र प्रसाद ग्रहणमा राष्ट्रपति विद्यादेवी भण्डारी अनुपस्थित भएपछि प्रसाद राष्ट्रपति निवासमा पठाइने भएको छ ।

कोरोना भाइरसको महामारीका कारण बडादशैंको कोजाग्रत पूर्णिमाका दिन नवदुर्गा देवगणको दर्शन गर्न राष्ट्रपति भण्डारी भक्तपुर नगएपछि पूजाको प्रसाद राष्ट्रपति निवास पठाइने भएको हो ।

आउँदो मंगलबार नवदुर्गालाई विः ट्ङकेगु (महानवमीको मध्यराति वध गरिएको महिषासुरको प्रतिक खःमेय्को संकलित रक्तिसेवन) विधि सकाएर शीतल निवासमा प्रसाद दिन जाने तयारी गरिएको नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन समितिका सचिव रत्नमान बनमालाले जानकारी दिए ।

उनले राष्ट्रपतिलाई प्रसादका रुपमा बिमिरो, पञ्चरङ्गी धागो, फूलमालालगायत प्रसाद दिने तयारी भएको बताए ।

राष्ट्रप्रमुखले भक्तपुर गँछेंस्थित नवदुर्गा द्यछें पुगेर नवदुर्गा भवानीको दर्शन तथा प्रसाद ग्रहण गर्ने प्रचलन तत्कालीन राजा वीरेन्द्रले शुरु गरेका थिए ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  ७ : ४३ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर