काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् ।
पार्टीको १५ औँ महाधिवेशन अन्तर्गत जारी मतदानमा थापा सहभागी भएका हुन् । पछिल्लो विवरण अनुसार अहिलेसम्म पाँच हजार ६३३ मत खसेको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानका लागि सात बजेसम्म समय दिइएको छ ।
निर्वाचन समितिका अनुसार बागमती प्रदेशमा सबैभन्दा बढी १ हजार २२५ मत खसेको छ। त्यस्तै, सुदूरपश्चिम र कर्णालीबाट ९८२, कोशीबाट ९४३, मधेशबाट ९००, लुम्बिनीबाट ८६० र गण्डकीबाट ७२३ मत खसेको छ।

निर्वाचन समितिका अनुसार मतदान निर्वाध रूपमा सञ्चालन भइरहेको छ। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा महाधिवेशन प्रतिनिधिहरूले नयाँ कार्यसमिति चयन गर्न मतदान गरिरहेका छन्।















प्रतिक्रिया