म्याराडोनाको उपचारमा संलग्न चिकित्सकहरू छानबिनको दायरामा « Khabarhub

म्याराडोनाको उपचारमा संलग्न चिकित्सकहरू छानबिनको दायरामा


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अर्जेन्टीनाका महान् फुटबल खेलाडी डिएगो म्याराडोनाको उपचारमा संलग्न चिकित्सकहरू छानबिनको दायरामा आएका छन् ।

उपचारमा भएको लापरबाहीले म्याराडोनाको निधन भएको आशंका र आरोपपछि उनको उपचारमा संलग्न चिकित्सकहरू छानविनको दायरामा आएको बीबीसीले जनाएको छ ।

केही समय अगाडि मस्तिष्कको सफल शल्यक्रिया गराएका म्याराडोनाको ६० वर्षको उमेरमा हृदयाघातबाट गत बुधवार निधन भएको थियो।

मस्तिष्क सल्यक्रियापछि भएको म्याराडोनाको निधन हृदयघात नै कारण थियो या थिएन भन्नेबारे छानबिन सुरू भएको हो ।

म्याराडोनाका छोरीहरूले पनि आफ्ना पिताको उपचारबारे प्रश्न उठाउँदै आएका थिए।

आर्जेन्टीनाको राजधानी ब्यूनस एरिजको प्रहरीले म्याराडोनाका चिकित्सक लियोपोल्डो लुकको घर तथा निजी क्लिनिकमा छापा मारेर प्रमाण बटुल्ने थालेको छ।

करिब ३० जना प्रहरी अधिकारीहरू आइतवार बिहान लुकको घर पुगेका थिए । यस्तै २० जना प्रहरीले उनको क्लिनिकमा पुगेको बताइएको छ ।

चिकित्सकको घर तथा क्लिनिकबाट प्रहरीले कम्प्युटर, मोबाइल फोन तथा मेडिकल नोटहरू बरामद गरेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ८ : २५ बजे

स्वः घोषणा गर्ने चेतावनीसहित तत्काल भाडा बढाउन व्यवसायीको माग  

काठमाडौं– सार्वजनिक यातायातको भाडा समायोजन नगरेको भन्दै यातायात व्यवसायीले सरकारलाई

यस्तो छ गौरीबहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको छानबिन

राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतसहित तीन निकायको वार्षिक प्रतिवेदन पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद र न्यायसेवा आयोगको

२३ गतेको बानेश्वर घटनाको प्रमाण सुरक्षित भएन : आयोगको प्रतिवेदन

काठमाडौं– गत भदौमा भएको जेन-जी आन्दोलनको अध्ययन गर्न बनेको गौरीबहादुर

सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी

सिरहा– गत माघ १६ गते यहाँको सिरहा नगरपालिका–७ स्थित मैनाबत्ती