भौतिक उपस्थितिमै पठनपाठन सुरू गर्ने त्रिविको तयारी « Khabarhub

भौतिक उपस्थितिमै पठनपाठन सुरू गर्ने त्रिविको तयारी


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सुरू गर्ने तयारी थालेको छ ।

कोरोनाका कारण विश्वविद्यालयले सञ्चालन गरेको अनलाइन कक्षामा सबै विद्यार्थीको पहुँच नपुगेपछ स्वास्थ्य साबधानी अपनाएर भौतिक उपस्थितिमै कक्षा सुरू गर्न लागिएको हो ।

विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा.शिवलाल भुसालका अनुसार भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न धेरै क्याम्पसहरू तयार भएपछि स्वीकृति दिइएको छ ।

धेरैजसो काठमाडौँ उपत्यका बाहिरका क्याम्पसले अनुमति पाए कक्षा सञ्चालन गर्न सक्ने जनाएका थिए ।

जुम्ला, भोजपुरलगायतका जिल्लाबाट क्याम्पस सञ्चालनको अनुमति मागिएपछि स्वास्थ्य साबधानी अपनाएर पठनपाठन सुरू गर्न अनुमती दिइएको भुसालले जानकारी दिए ।

विश्वविद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने निर्णय गरे पनि हाल सञ्चालित अनलाइन कक्षालाई समेत निरन्तरता दिने जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ८ : ५६ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका