आज २०८२ साल फागुन २३ गते शनिबारको राशिफल « Khabarhub

आज २०८२ साल फागुन २३ गते शनिबारको राशिफल


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


900
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल फागुन २३ गते शनिबार चैत कृष्ण पक्षको चतुर्थी तिथि। तदनुसार सन् २०२५ मार्च ७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : स्वास्थ्यमा लाभ हुनेछ। शिक्षामा मिहिनेत गरेको भए फल प्राप्त हुनेछ। परिवारभित्र थोरै बोलेर मन जित्नुपर्नेछ। राज्यको तर्फबाट भय र त्रास भए पनि काममा सफलता मिल्नेछ।

वृष : राजनीतिक क्षेत्रमा देखिएका समस्याको समाधान हुनेछ। शक्ति र बल भन्दा पनि बुद्धिले काम गर्नुपर्नेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा मान र सम्मान बढ्नेछ।

मिथुन : आज बोलीको प्रभावले काम बन्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको तर्फबाट खुशी मिल्ने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : आम्दानी बढ्नेछ। स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ। राजनीतिक क्षेत्रमा खुट्टा तान्ने मान्छे सक्रिय रहेकाले सचेत बन्नुपर्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

सिंह : व्यवहार गर्दा मन शान्त बन्नेछ । समयको सदुपयोग नगर्ने बानीले पश्चाताप हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। साथीको सहयोगमा काम बन्नेछ।

कन्या : दिन सहज छ। कर्मचारी हुनुहुन्छ भने बढुवा हुने योग छ। बौद्धिक व्यक्तिसँगको भेटले मन हलुका हुनेछ। परिवारसँगको सम्बन्धमा खटपटी बढ्नेछ।

तुला : सहकार्य गरेर अगाडि बढ्नुपर्ने दिन छ। साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ। गुरुसँग लिएको सल्लाह अनुसार अगाडि बढेमा सफलता प्राप्त हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ। देशभित्र गरेको व्यापारमा फाइदा हुनेछ।

वृश्चिक : परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। स्वास्थ्यमा गम्भीर समस्या हुने जोखिम छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। आज जोगिएर काम गर्नुपर्ने दिन छ।

धनु : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। सञ्चित धन खर्च हुनेछ। इज्जत बढ्ने दिन छ। स्वास्थ्यमा सचेत बन्नुपर्ने समय छ। पिपललाई दाहिनो पारेर यात्राको सुरुवात गरेमा दिन सहज बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मकर : दिन सामान्य छ। ठुलो कारोबार नगर्नु राम्रो हुन्छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा जोखिम बढ्नेछ। बौद्धिक साथी विपक्षी कित्तामा पुगेकाले काम गर्नु अगाडि सचेत बन्नुपर्नेछ।

कुम्भ : आज धन लाभ हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक अभियन्तासँगको भेटले मन शान्त बन्नेछ। परिवारसँग गरेको सल्लाहले काम सहजै बन्नेछ।

मीन : सोचेर मात्रै बोल्नुपर्ने समय छ। सकारात्मक बोले पनि अर्थ नकारात्मक लाग्नेछ। तपाईंको उदार भावलाई कामजोर ठान्ने धेरै छन्। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ५ : १७ बजे

नेपाल–इजरायल सम्बन्ध थप सुदृढ बनाउन सहकार्य विस्तारमा जोड

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि इजरायलका

साम्प्रदायिक सद्भाव बिथोलेको आरोपमा मधेशका ५ जिल्लाबाट ३६ जना पक्राउ

काठमाडौं- नेपाल प्रहरीले साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधिमा

सुनसरी घटनाका मृतकको शव परिवारले बुझ्यो, आजै अन्त्येष्टि गर्ने तयारी (तस्बिरहरू)

विराटनगर– सुनसरीमा साउन १० मा भएको दोहोरो झडपमा परेर मृत्यु

वीरगन्जमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न चार बुँदे निर्णय

वीरगन्ज– विभिन्न राजनीतिक दल सम्मिलित यहाँ भएको भएको सर्वदलीय बैठकले