भौतिक उपस्थितिमै पठनपाठन सुरू गर्ने त्रिविको तयारी « Khabarhub

भौतिक उपस्थितिमै पठनपाठन सुरू गर्ने त्रिविको तयारी


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सुरू गर्ने तयारी थालेको छ ।

कोरोनाका कारण विश्वविद्यालयले सञ्चालन गरेको अनलाइन कक्षामा सबै विद्यार्थीको पहुँच नपुगेपछ स्वास्थ्य साबधानी अपनाएर भौतिक उपस्थितिमै कक्षा सुरू गर्न लागिएको हो ।

विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा.शिवलाल भुसालका अनुसार भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न धेरै क्याम्पसहरू तयार भएपछि स्वीकृति दिइएको छ ।

धेरैजसो काठमाडौँ उपत्यका बाहिरका क्याम्पसले अनुमति पाए कक्षा सञ्चालन गर्न सक्ने जनाएका थिए ।

जुम्ला, भोजपुरलगायतका जिल्लाबाट क्याम्पस सञ्चालनको अनुमति मागिएपछि स्वास्थ्य साबधानी अपनाएर पठनपाठन सुरू गर्न अनुमती दिइएको भुसालले जानकारी दिए ।

विश्वविद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने निर्णय गरे पनि हाल सञ्चालित अनलाइन कक्षालाई समेत निरन्तरता दिने जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ८ : ५६ बजे

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री