बार्सिलोनाका लागि गोल गरेपछि मेस्सीले गरे म्याराडोनाको सम्मान « Khabarhub

बार्सिलोनाका लागि गोल गरेपछि मेस्सीले गरे म्याराडोनाको सम्मान


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा ओसासुनामाथि सहज जितमा एक गोल गरेका लियोनल मेस्सीले महान खेलाडी म्याराडोनालाई सम्मान प्रकट गरेका छन् ।

ओसासुनाविरुद्ध गोल गरेपछि मेस्सीले अर्जेन्टिनाका महान खेलाडी म्यारोडोनाप्रति श्रद्धाञ्जलि  अर्पण गरेका थिए ।

गोलपछि उनले म्यारोडोनाको पूरानो जर्सी देखाएर उनीप्रति गोल समर्पण गरेका थिए ।

घरेलु मैदानमा आइतबार राति भएको खेलमा ओसासुनालाई बार्सिलोनाले ४-० गोल अन्तरले पराजित गरेको थियो ।

बार्सिलोनाको जितमा मेस्सी, एन्टोनियो ग्रिजम्यान, मार्टिन ब्रेथवेट र फिलिपे कौटिन्होले एक/एक गोल गरे ।

जितसँगै बार्सिलोना ९ खेलमा १४ अंक जोडेर सातौँ स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ९ : २५ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका