के तपाइँ वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? यस्ता छन् जान्नैपर्ने ३० कुरा | Khabarhub Khabarhub

के तपाइँ वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? यस्ता छन् जान्नैपर्ने ३० कुरा


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीप्रति नेपालीहरु बढी आकर्षित छन् । गाउँ सुन्य पारेर परदेशिने युवाहरुको संख्या बढ्दो छ ।

देशमा रहेको चरम बेरोजगारीबाट भाग्दै दिनहुँ नेपालबाट मुटु कलेजो, फोक्सो, जाँचेर, पाखुरा छाती नापेर हजारौं स्वस्थ्य तथा तन्दुरुस्त युवाहरु विदेशिन्छन् ।

दुई छाक मिठो मसिनो खाने र परिवारलाई सुखी बनाउने सपना बोकेका युवाहरुको प्रमुख गन्तव्य बनेको छ, विदेश । नेपाली कामदारहरुको रोजगारीको आकर्षक गन्तब्यको रुपमा रहेका मुलुकहरुमा मलेसिया , दुबई , साउदी अरब , कुबेत, बहराइन आदि मुलुकहरू रहेका छन् ।

अमेरिका अस्ट्रेलिया क्यानडा लगायतका मुलुकहरूमा पनि बहुसंख्यक नेपाली कामदारहरु वैदेशिक रोजगारको लागि पुगेका छन् ।

वैदेशिक रोजगारीमा जाँदा धेरै कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ । वैदेशिक रोजगारीमा जाने बेला सानातिना कुराहरुको वेवास्ता गर्दा कहिलेकाही ठूलो समस्या झेल्नुपर्ने हुन्छ ।

वैदेशिक रोजगारीमा जाने नेपालीहरु ठगिएको, विदेशमै अलपत्र परेको, एक ठाउँ भनि जाँदा अर्कै ठाउँ परेको, भनेजस्तो तलब नपाएको जस्ता गुनासाहरु धेरै आउने गरेको पाइन्छ । कतिपय व्यक्तिहरुलाई आफुले गर्ने काम, तलब र सुविधाका बारेमा समेत थाहा हुँदैन । जसले गर्दा उनीहरु ठगिने गरेका छन् ।

त्यसैले वैदेशिक रोजगारीमा जानुअघि धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । यी हुन् वैदेशिक रोजगारमा जाने कामदारहरुले जान्नैपर्ने कुराहरुः

१. आफु कुन देश जाने हो सो देशबारे जान्नु अत्यन्तै जरुरि छ ।
२. केही सीप सिकेर, आफूले गर्ने, गर्न सक्ने र जान्ने कामका वारेमा, पाउने तलवका वारेमा राम्ररी जानी बुझी मात्र जानु पर्दछ
३. लाग्ने खर्च, प्राप्त हुने आम्दानीका वारेमा तुलनागरि लाभ हुने काममा मात्र जानु पर्दछ।
४. घर परिवारसँग सल्लाह, परामर्श गरी सहमतिमा मात्र जानु पर्दछ ।
५. वैदेशिक रोजगार बिभागवाट श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारमा जानु पर्दछ ।
६. वैदेशिक रोजगारमा जाँदा दुर्घटनामा परी मृत्यू वा अंगभंग हुन सक्दछ । विमा गर्दा कामदारलाई र उस्को परिवारलाई आर्थिक सहयोग प्राप्त हुन्छ ।
७. वैदेशिक रोजगारमा जाँदा विस्वासिलो र भरपर्दो मेनपावर कम्पनी मार्फ जानु पर्छ । व्यवसायिक वा ख्ष्कष्त भिसामा जानु हुदैन । जानी जानी गलत कागजात बनाई जानु हुँदैन ।
८.घर परिवारसँग सल्लाह गरि मानसिक रुपमा तयार हुनु पर्दछ ।
९. वैदेशिक रोजगारमा जानका लागि पैसा बुझाएपछि व्यहोरा खुलाई भरपाई लिनु पर्दछ । कति खर्च लाग्छ राम्ररी बुझनु पर्छ । कुनै एजेन्ट वा कम्पनीले भरपाई
१०. दिन आनाकानी गरेमा ठगिकै नियत भएको बुझ्नु पर्छ ।
११. स्वदेशी विमानस्थलवाट मात्र जानु पर्दछ । अन्य छिमेकी देशको बाटो गरेर जानु हुँदैन । बेचिन वा ठगीमा पर्न सकिन्छ ।
१२. आफू जाने देशको भौगोलिक स्थिति, हावापानी रहन, सहन, धर्म, कानून, काम गर्ने वातावरण आदि वारेमा सामान्य जानकारी लिनु पर्छ । यस्का लागि पूर्व
१३. प्रस्थान अभिमूखीकरण तालीम अनिवार्य रुपमा लिनु पर्दछ ।
१४. वैदेशिक रोजगारमा जाँदा आवश्यक सवै कागजातहरुको एक एक प्रति आफू र परिवारको साथमा राख्नु पर्छ ।
१५. वैदेशिक रोजगारको क्रममा ठगिमा परे वैदेशिक रोजगार बिभागमा उजुरी गर्नु पर्दछ ।
(वैदेशिक रोजगार सम्वन्धी कुनै पनि सूचना जानकारीका वारेमा बुझ्नु परेमा वैदेशिक रोजगार बिभाग र वैदेशिक रोजगार प्रवर्द्धन वोर्डको सचिवालयको ठेगानामा सर्म्पर्क गरी बुझ्न सकिन्छ ।
१६. आम संचार माध्यमले प्रकाशन गरेको वैदेशिक रोजगारको सूचनार विज्ञापन सहि भए नभएको बुझ्नु पर्दछ । गलत विज्ञापन गरी पैसा उर्ठाई ठगि गर्न सक्दछन ।
१७. सरकारले निषेध गरेको देशमा र काममा जानु हुदैन ।
१८. वैदेशिक रोजगारका लागि गएका कामदारले ध्यान दिनु पर्ने कुराहरु
१९. काम गर्न जाने मूलुकको नेपाली राजदूतावास, श्रम सहचारी, संघ गैर आवासीय नेपाली एवं नेपाली संघ संस्था आदिको सम्पर्क ठेगाना फोन आफ्नो साथमा राख्नु पर्छ । अप्ठ्यारो र कठीनाई पर्दा सर्म्पर्क गर्न सजिलो हुन्छ ।
२०. बिदेशमा रहदा नेपाली राजदूतावास, नेपाली संघसंस्था र आफ्नो घर परिवारको नियमित सर्म्पर्कमा रहनु पर्दछ । यसो गर्दा अप्ठारो पर्दा उद्धार गर्न सजिलो हुन्छ । मानसिक तनाव न्यून गर्न सकिन्छ ।
२१. काम गरिरहेको वा काम गर्न गएको कम्पनी छोडी अन्यत्र काम गर्न जानु हुदैन । कतिपय देशमा यस्तो गरेमा गैर कानूनी भइन्छ, जेल सजाय पनि हुन सक्दछ ।
२२. करार अवधि सकिएपछि स्वदेश फर्किएर पुन बीमा गराई श्रम स्वीकृति लिएर जानु पर्छ, अन्यथा दुर्घटना पर्दा बीमा र अन्य आर्थिक सहायताको सुविधा पाइदैन ।
२३. सम्झौता गरेको भन्दा फरक कम्पनीमा, फरक काममा, कम पारिश्रमिकमा काम लगाएको छ भने तुरुन्त नेपाली दूतावास, वैदेशिक रोजगार बिभागमा उजुरी गर्नु पर्छ । आफू खुसी अन्यत्र काम गर्न जानु हुँदैन ।
२४. कोठामा बस्दा वा सुत्दा ए।सी।को सही किसिमवाट प्रयोग गर्नु पर्दछ । थाहा नभएको काम कुरा सिकेर जानेर मात्र गर्नु पर्दछ ।
२५. कमाएको पैसाको फजुल खर्च गर्नु हुंदैन, बचाएको पैसा बैंकिङ्ग च्यानलवाट पठाउनु पर्छ, व्यक्तिगत तवरवाट र हुण्डीवाट पठाउदा जोखिम (खतरा) हुन्छ ।
२६. आफ्नो स्वास्थ्य र क्षमताको ख्याल गरेर काम गर्नुपर्छ, क्षमता भन्दा बढी ओभरटाइम काम गर्नु हुंदैन ।
२७. खास गरी खाडि मुलुकमा जाँदा पान मसाला, पराग, मर्चा तथा अन्य सुर्तिजन्य पदार्थ, मदिरा लैजान र र्सार्वजनिक स्थानमा प्रयोग गर्न प्रतिवन्ध छ ।
२८. सामान लुकाई लगेमा, विक्रि गरेमा वा प्रयोग गरेमा कडा सजाय हुन्छ । जाँड रक्सी र लागू पदार्थ जस्ता कुलतमा लाग्नु हुँदैन ।
२९. सम्वन्धित मुलुकको, कम्पनीको नियमको पालना गर्नु पर्छ, अरुको धर्म संस्कृतिको सम्मान गर्नु पर्दछ । अनावश्यक झै झगडा र अरुको उक्साहटमा हडतालमा उत्रनु हुँदैन ।
३०. सम्वन्धित देशको ट्राफिक नियम वुझ्ने र पालना गर्नुपर्दछ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ५ : ३२ बजे

पूर्वाञ्चल विश्वविद्यालयको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

विराटनगर– पूर्वाञ्चल विश्वविद्यालयले यही मङ्सिर २१ र २२ गते बालविकाससम्बन्धी

सिस्‍नेरी बाढीमा ज्यान गुमाएका ६ किशोर फुटबलरका परिवारले घेरे एन्फा (तस्बिरहरू)

काठमाडौं- मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३, सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयका बाल फुटबल

रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो

काठमाडौं – नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा

अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित

फुङ्लिङ – कालो सुनको उपमा पाएको अलैँचीको मूल्य यस वर्ष

एनसेलमा नयाँ सुविधा भ्वाइस र डेटा एकआपसमा साट्न सकिने

काठमाडौं– एनसेलले अन प्याकमा बाँकी भ्वाइस सेवालाई डेटासँग वा डेटा