बहुउपयोगी कपुर : यस्ता छन् चामत्किारिक गुण « Khabarhub

बहुउपयोगी कपुर : यस्ता छन् चामत्किारिक गुण


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कपुर हामीले पूजापाठ र आरती बाल्दा मात्र प्रयोगमा ल्याउने गर्छौँ । तर कपुरको बिशेषता पूजा पाठमा मात्र सिमित छैन ।

कपुर मानव स्वास्थयको लागि पनि निक्कै फाइदाजनक र लाभकारी मानिन्छ। यस्ता छन् कपुरका अनगिन्ति फाइदाहरु–

जलेको ठाउँमा राहत

कपुर चिसो हुन्छ। त्यसैले शरीरको कुनै भाग पोलेमा कपुर लगाउन सकिन्छ । जसले पोलेको स्थानमा शीतल महशुस गरिन्छ । यसका साथै शरीरमा कपुरलाई घोलेर पोलेको ठाउँमा लगाए राहत मिल्छ ।

कपालको लागि फाइदा

कपुरलाई नरिवलको तेलमा मिलाएर लगाएमा कपाल झर्ने समस्याबाट मुक्ति पाइन्छ। यसका साथै कपालमा ड्यान्ड्रफ आउँदैन। त्यसैले कपुर कपालको लागि धेरै लाभकारी मानिन्छ।

एलर्जीबाट जोगाउँछ

जाडोमा हाम्रो छाला सुुख्खा भएर फुट्ने गर्छ। यसले छालामा एलर्जी आउने र छाला बिग्रिने हुन्छ। त्यस्तो अवस्थामा कपुरलाई नरिवलको तेलमा मिसाएर लगाएमा छालालाई एलर्जी हुनबाट बचाउँछ। साथै छालामा पनि चमक ल्‍याउँछ।

अनुहारमा चमक ल्‍याउन उपयोगी

कसैको अनुहारको चमक हराएको छ भने प्रत्येक दिन सुत्नु अगाडि कपुरको पाउडर काँचो दूधमा मिलाएर लगाएमा अनुहारमा चमक आउँछ।

शरीरमा पीडाको औषधी

यदि कसैलाई ढाड वा शरीर भारी भएर दुखेमा वा मांशपेशी खुम्चिएर अल्छीपना आएमा कपुरलाई तेलमा मिलाएर मालिस गर्नुपर्छ । जसबाट शरिरमा आराम हुन्छ ।

पेट दुखेमा

कोहि पनि व्यक्ति अचानक पेट दुखेर हैरान छ भने कपुरले आराम दिलाउँछ । एक गिलास पानीमा कपुुर हालेर पिएमा पेटलाई आराम दिलाउँछ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ७ : ४३ बजे

अफगानिस्तानमा भएको आक्रमणको राष्ट्रसंघीय सुरक्षा परिषदद्वारा निन्दा

काठमाडौं संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले अफगानिस्तानको राजधानी काबुलस्थित एक रेस्टुरेन्टमा

पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु

नवलपरासी पश्चिम- सरावल गाउँपालिका-१ तिलकपुर बस्ने शतिश कुमार फौजदारको छोरा ८

आइसिसी वुमन्स टी-२० विश्वकप विश्व छनोट : नेदरल्यान्डसँग नेपाल पराजित

आइसिसी वुमन्स टी-२० विश्वकप विश्व छनोटमा नेपाल लगातार दोस्रो खेलमा

बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते

बैतडी – दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ अनारखोलीमा ट्याक्टर

बालेनलाई सघाउन गएका युवासंघका नेता २४ घण्टामै एमालेमा फर्किए

दमक– नेकपा एमाले परित्याग गरेर बालेन शाहको टिममा गएका एक