नाइजेरियामा बोको हरामद्वारा ११० जना मजदुरको हत्या « Khabarhub

नाइजेरियामा बोको हरामद्वारा ११० जना मजदुरको हत्या


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोशोबे– नाइजेरियामा बोको हराम समूहका लडाकूले १ सय १० मजदूरको हत्या गरेका छन् ।

नाइजेरियाको कोशोबे गाउँ तथा अन्य क्षेत्रमा खेतमा काम गरिरहेका १ सय १० जना किसानको बाँधेर घाँटी काटेर हत्या भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । मृत्यु हुनेमा महिला तथा पुरुष दुबै रहेका छन् ।

मोटरसाइकलमा आए आक्रमणकारीले खेतमा काम गरिरहेका किसानमाथि आक्रमण गरेका थिए । घटनापछि स्थानीयको उद्धारमा संलग्न मिलिसिया प्रमुखले १ सय १० जनाको शव घाँटी काटिएको अवस्थामा फेला परेको र ६ जना घाइते भएको बताए ।

त्यस्तै ८ जना बेपत्ता भएकाले उनीहरुलाई लडाकूले अपहरण गरेको हुनसक्ने आशंका गरिएको छ। नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले घटनाको निन्दा गरेका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  १२ : १० बजे

नेपाल क्रिकेट संघको ‘इन्स्योरेन्स पार्टनर’ बन्यो मेटलाइफ

काठमाडौँ– मेटलाइफ नेपाल क्रिकेट संघ (क्यान) को आधिकारिक बीमा साझेदार

राष्ट्रिय सभाका समिति सभापतिले लिए शपथ

काठमाडौं- राष्ट्रिय सभाका विभिन्न समितिका सभापतिहरूले शपथ लिएका छन् । 

प्रधानमन्त्री कार्यालयमा मन्त्रीका लागि कूटनीतिक आचारसंहिता सम्बन्धी विशेष ब्रिफिङ

काठमाडौँ – परराष्ट्र मन्त्रालयले सरकारका मन्त्रीका लागि ‘परराष्ट्र मामिला तथा

भैँसीपालनमा जुट्दै लुङ्गिनका किसान

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–२ लुङ्गिनका किसान स्थानीय सरकारको अनुदान सहयोगसँगै

दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिर पुनर्निर्माण गर्दै कामपा

काठमाडौं– काठमाडौं महानगरपालिकाले दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिरको पुनर्निर्माणको