गुल्मीको मदाने गाउँपालिकामा १५ शय्याको अस्पताल बन्ने, नेता विष्टले गरे शिलान्यास « Khabarhub

गुल्मीको मदाने गाउँपालिकामा १५ शय्याको अस्पताल बन्ने, नेता विष्टले गरे शिलान्यास


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

गुल्मी – गुल्मीको मदाने गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माण हुने भएको छ ।

आइतबार मदाने–६, पुर्कोट दहमा पूवमन्त्री तथा प्रतिनिधिसभा सदस्य गोकर्ण विष्टले इट्टा लगाएर भवनको शिलान्यास गरे ।

नेपालका प्रत्येक गाउँपालिकामा एक अस्पताल बनाउने सरकारको योजनाअन्तर्गत अस्पतालमा उद्घाटन गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले अस्पताल निर्माणमा  झण्डै १८ करोड खर्च लाग्ने जानकारी दिँदै आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने बताए ।

‘हामीले अस्पताल निर्माणका लागि लामो समयदेखि जग्गा खोजीरहेका थियौं, स्थानीय समाजसेवीले जग्गा उपलब्ध गराएर सहयोग गर्नुभएको छ,’ अध्यक्ष केसीले भने ।

केसीका अनुसार जग्गादाताले १५ शय्याको अस्पताल निर्माणका लागि १५ रोपनी जग्गा गाउँपालिकालाई दान गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि रहेका पूर्वमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद गोकर्ण विष्टले मदानेमा अस्पताल निर्माण भएपछि स्थानीयले उपचार गर्न सदरमुकाम या बुटवल जानुपर्ने अवस्था नआउने बताए ।

‘मदानेमा अस्पताल निर्माण हुनु सबैका लागि गर्वको कुरा हो,’ पूर्वमन्त्री विष्टले भने, ‘अब उपचार गर्न तम्घास गइरहनपर्ने झण्झट हुनेछैन ।’

मदानेमा स्वास्थ्य चौकीहरु भए पनि बिरामीले जटिल रोगको उपचार गराउनुपरे अर्घाखाँची या तम्घास जानुपर्ने अवस्था छ । अस्पताल निर्माण भएपछि मदाने र यस क्षेत्रका नागरिकले सहज उपचार पाउने विश्वास गरिएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष दान बहादुर केसीले जग्गा उपलब्ध गराएकोमा जग्गादातालाई धन्यवाद व्यक्त गरे । साथै कार्यक्रममा जग्गादातालाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान प्रदान गरिएको थियो ।

मदाने गाउँपालिकाले अस्पताल निर्माणका लागि लामो समयदेखि प्रयास गरे पनि जग्गा अभावका कारण समयमा अस्पताल निर्माण हुन सकेको थिएन ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  १ : ३८ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको