पोखरामा उपचाररत थप दुई संक्रमितको मृत्यु « Khabarhub

पोखरामा उपचाररत थप दुई संक्रमितको मृत्यु


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरामा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचाररत दुई संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पोखरा-१८ निवासी ५१ वर्षीय पुरुषको आइतबार राति ९.४५ बजे उपचारकै क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक बिनोदबिन्दु शर्माले वताए । पोखराका १८ का पुरूषको मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भई केन्द्रमै उपचार शुरु गरिएको थियो ।

यस्तै स्याङ्जाको वालिङ नगरपालिका-१४ का ६७ वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार बिहान मृत्यु भएको छ ।

स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपचार केन्द्रमा उपचाररत उनको बिहान २:१० बजे मृत्यु भएको हो ।

उनमा पनि मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भई केन्द्रमा उपचार सुरू गरिएको थियो ।

 

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ३ : ०५ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज कोजाग्रत पूर्णिमा, यस वर्षको बडादसैँ समापन हुँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६