पोखरामा उपचाररत थप दुई संक्रमितको मृत्यु « Khabarhub

पोखरामा उपचाररत थप दुई संक्रमितको मृत्यु


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरामा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचाररत दुई संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पोखरा-१८ निवासी ५१ वर्षीय पुरुषको आइतबार राति ९.४५ बजे उपचारकै क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक बिनोदबिन्दु शर्माले वताए । पोखराका १८ का पुरूषको मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भई केन्द्रमै उपचार शुरु गरिएको थियो ।

यस्तै स्याङ्जाको वालिङ नगरपालिका-१४ का ६७ वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार बिहान मृत्यु भएको छ ।

स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपचार केन्द्रमा उपचाररत उनको बिहान २:१० बजे मृत्यु भएको हो ।

उनमा पनि मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भई केन्द्रमा उपचार सुरू गरिएको थियो ।

 

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ३ : ०५ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको