पहुँचले होइन, आवश्यकताका आधारमा विकास हुन्छ : मन्त्री अर्याल « Khabarhub

पहुँचले होइन, आवश्यकताका आधारमा विकास हुन्छ : मन्त्री अर्याल


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले पहुँचले नभइ आवश्यकताका आधारमा विकास हुने बताएकी छन् ।

सोमबार गल्याङ–१ मालुङ्गा, वालिङ र भिरकोटमा अस्पतालको शिलान्यास गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

मन्त्री अर्यालले भनिन्, ‘पहुँचको आधारमा निवेदन चढाएकै भरमा विकास हुँदैन । जहाँ आवश्यकता छ त्यहाँ विकास हुन्छ ।’

वतर्मान सरकार नमुना सरकारको रुपमा अगाडि बढेको भन्दै उनले विगत भन्दा अहिलेको सरकार विकासको गतिमा हिँडेको बताइन् । विकासको वर्गिकरण गरेर संघ, प्रदेश र स्थानीय तिनै सरकार बीचको समन्वयमा विकास हुने उनको भनाई थियो ।

‘सरकार तीव्र विकासको गतिमा हिँडेका छ । यो हामीले मात्र भनेका हौईनौँ यो त अन्तराष्ट्रिय मुल्याङकनले नै भनेको छ’, उनले भनिन् ।

आज स्वास्थ्य क्षेत्रमा ऐतिहासिक दिन भएको भन्दै मन्त्री अर्यालले देशभर एकैचोटी ३९६ वटा अस्पतालको शिलान्यास हुनु ऐतिहासिक घटना भएको बताइन् ।

उनले भनिन्, ‘आज एकै दिन ३९६ स्थानीय तहमा अस्पतालको शिलन्यास भएको छ । स्वास्थ्य क्षेत्रमा यति ठुलो संख्यामा अस्पताल बन्न लाग्नु स्वास्थ्य क्षेत्रको क्रान्ती हो । स्वास्थ्य क्षेत्रमा क्रान्ती ल्याउने सुरुवातको सरकारले उद्घोष गरेको छ ।’

भौतिक संरचनासंगै दक्ष जनशक्ति र आधुनिक सुविधा सम्पन्न उपकरणको समेत व्यवस्थापन हुने भन्दै उनले स्वास्थ्य हरेक नागरिकको सहज पहुँचमा पुग्ने बताइन् ।

जनप्रनिधि जनताको सेवक भएको बताउँदै उनले सासंद, मेयर, वडा अध्यक्ष लगायतका सबै जनप्रतिनिधि जनताले नै चुनेर पठाएको बताइन् । सबै जनप्रतिनिधिलाई जनताले पद दिएको भन्दै उनले यो जनताले दिएको जिम्मेवारी भएको बताइन् ।

‘सबै जनप्रतिनिधिलाई पद जनताले दिनुभएको हो । हामी जनप्रतिनिधि ठुला मान्छे होईनौँ, पद त जिम्मेवारी हो’, मन्त्री अर्यालले भनिन्, ‘जनता हामी देखि डराउने, कुरा गर्न नसक्ने हुनुहुँदैन् । हामी त जनताको सेवक हौँ । उहाँहरुको सेवा गर्न उहाँहरु ले नै हामीलाई यो पदमा पठाउनुभएको हो । यो स्थानमा पठाउनुभएको हो ।’

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ६ : १० बजे

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा

निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित

अहिलेको प्रमुख दायित्व निर्वाचन सुरक्षाः आईजीपी अर्याल

काठमाडौँ- सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले अहिलेको प्रमुख

‘निर्वाचनमा एक थोपो रगत बग्नु भएन, कोही घाइते हुनु भएन’

काठमाडौँ –प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकारले

आइएसका उच्च सदस्यसहित कुख्यात युरोपेली अपराधीलाई सिरियाबाट इराकमा स्थान्तरण

बग्दाद – यो हप्ता सिरियाबाट इराकमा स्थानान्तरण गरिएको इस्लामिक स्टेट