सबै जिल्लामा नेपाल टेलिकमको ‘फोरजी’ सेवा विस्तार « Khabarhub

सबै जिल्लामा नेपाल टेलिकमको ‘फोरजी’ सेवा विस्तार


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमको फोरजी सेवा ७७ वटै जिल्लामा पुगेको छ ।

नेपालमै पहिलोपटक २०७३ सालमा काठमाडौँ र पोखराबाट फोरजी सेवा शुरु गरेको सरकारी स्वामित्वमा सञ्चालित कम्पनी नेपाल टेलिकमले ७७ वटै जिल्लामा फोरजी सेवा विस्तार गरेको हो ।

मोबाइल सेवाको विशेषताअनुसार सेवाको गुणस्तरमा भौगोलिक र धरातलीय अवस्था आदिले प्रत्यक्ष प्रभाव पार्ने हुनाले सेवाको गुणस्तरमा निरन्तर एकरुपता भने हुन नसक्ने टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए ।

सबै जिल्लामा फोरजी विस्तारसँगै गुणस्तरको विषयमा धेरै ग्राहकले गुनासो गर्ने गरेको भन्दै टेलिकमले फोरजी प्रयोग हुने मोबाइल सेटको प्रयोगमा समेत ध्यान दिन टेलिकमले आग्रह गरेको छ ।

टेलिकमले आज एक सूचना प्रकाशन गर्दै फोरजी सेवा प्रयोगकर्ता ग्राहकले नयाँ मोबाइल सेट खरिद गर्नुअघि एक हजार ८०० मेगाहर्ज र ८०० मेगाहर्ज ब्यान्डका बारेमा जानकारी राखी दुवै ब्यान्डबाट फोरजी सेवा चलाउन सकिने मोबाइल सेट बिक्रेताबाटै सुनिश्चित गराई खरिद गर्न अनुरोध गरेको छ ।

टेलिकमको फोरजी सेवा एक हजार ८०० मेगाहर्ज (ब्यान्ड ३) र ८०० मेगाहर्ज (ब्यान्ड २०) मा उपलब्ध गराउँदै आएको छ । ‘तुलनात्मक रुपले कम जनघनत्व र फराकिलो भूगोल भएका क्षेत्रमा ८०० मेगाहर्ज र बढी जनघनत्व भएका क्षेत्रमा एक हजार ८०० मेगाहर्ज ब्यान्डमार्फत फोरजी सेवा उपलब्ध हुन्छ ।

फोरजी मोबाइल सेवाका कुनै पनि प्रयोगकर्ता एउटा ब्यान्डको फैलावट क्षेत्रबाट अर्को ब्यान्डको प्रभाव क्षेत्रमा प्रवेश गर्दा कम्पनीको नेटवर्कको पहुँचका अतिरिक्त प्रयोग गरिने मोबाइल सेटले ८०० मेगाहर्ज र एक हजार ८०० मेगाहर्ज दुवै ब्यान्ड उपयोग गर्न सक्ने भएमा थप गुणस्तरीय फोरजी सेवा उपयोग गर्न सकिने टेलिकमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बजारमा उपलब्ध अधिकांश मोबाइल सेटले एक हजार ८०० मेगाहर्ज ब्यान्डको फोरजी सेवालाई सहजै उपयोगमा ल्याउन सक्ने भए पनि केही मोबाइल सेटले ८०० मेगाहर्ज ब्यान्डबाट प्रसारित फोरजी सेवालाई ग्रहण नगर्ने पाइएको टेलिकमले जनाएको छ ।

दुवै ब्यान्डमा चल्ने मोबाइल सेटको अभावमा फोरजी सेवाबाट अधिकतम फाइदा लिन नसक्दा कम्पनीको फोरजी सेवाको गुणस्तर राम्रो नभएको भ्रम ग्राहकवर्गमा पर्न गएको टेलिकमले स्पष्ट पारेको छ ।

फोरजी सेवाका ग्राहकवर्गले आफ्नो मोबाइल सेटको बक्समा उपलब्ध प्राविधिक विवरण हेरेर कुन मेगाहर्जमा चल्ने मोबाइल सेट हो भनी पत्ता लगाउन सकिने भन्दै मोबाइल सेटको सेटिङमा गएर मोबाइल नेटवर्कको अप्सनभित्र टुजी देखि फोरजीसम्मको विकल्प छनोट गर्न आग्रह गरेको टेलिकमले जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ७ : ०३ बजे

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा

निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित

अहिलेको प्रमुख दायित्व निर्वाचन सुरक्षाः आईजीपी अर्याल

काठमाडौँ- सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले अहिलेको प्रमुख

‘निर्वाचनमा एक थोपो रगत बग्नु भएन, कोही घाइते हुनु भएन’

काठमाडौँ –प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकारले

आइएसका उच्च सदस्यसहित कुख्यात युरोपेली अपराधीलाई सिरियाबाट इराकमा स्थान्तरण

बग्दाद – यो हप्ता सिरियाबाट इराकमा स्थानान्तरण गरिएको इस्लामिक स्टेट