खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको चौमासिक प्रगति विवरण सार्वजनिक | Khabarhub Khabarhub

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको चौमासिक प्रगति विवरण सार्वजनिक


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष २०७७/०७८ को पहिलो चौमासिकको कार्यप्रगति सार्वजनकि गरेको छ ।

कोभिड—१९ संक्रमणको जोखिमकाबीच विभागले पहिलो चार महिनामा आफ्नो कार्यालयबाट प्रवाह भएका सेवा र गरेका कामहरुको विवरण सार्वजनिक गरेको हो ।

विभागले पहिलो चौमासिकमा बजार निरीक्षण गरी ११ सय ७९ नमुना संकलन गरेकोमा ७० नमुनाहरु मापदण्ड अनुसार नभएको पाइएका छन् ।

सबैभन्दा बढी पिउने पानीका २१ नमुना, दानाका १६, तेल तथा घ्युजन्य नमुना १४ र खाद्यन्नका १० नमुना लगायत अन्य खाद्य पदार्थका नमुनाहरु मापदण्ड अनुसार नभएको पाइएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताए ।

विभागले आफ्नो मातहतका कार्यालयहरुबाट खाद्य स्वच्छता सर्भिलेन्सका लागि ८ सय ७६ नमुना समेत संकलन गरेको उनले बताए ।

विभागले खाद्य ऐन नियम अनुसर न्यूनस्तर तथा दूषित उत्पादन र वित्रिवितरण गरेको कसुरमा विभिन्न जिल्ला प्रशासन कार्यालयहरुमा २६ वटा मुद्दा दायर गरेको छ । सबैभन्दा बढी पिउने पानीका मुद्दा ५ वटा रहेको उनले बताए ।

यस्तै खाने तेलका ३, बेकरीका ३, दाना, चाउचाउ र मिठाइका २/२ वटा रहेका छन् । घ्यु, चामल, सस, काजु किसमिस लगायतका विभिन्न खाद्यपदार्थका मुद्दा समेत रहेको उनले बताए । दायर मुद्दाहरुमध्ये ८ वटा न्यून गणस्तर, ७ दुषित, ७ वटा लेवल लगायतका विवरण नमिलेका थिए । ४ वटा मुद्दाहरु खाद्य ऐन नियम निर्देशिका उलंघन सम्बन्धि रहेको प्रवक्ता महर्जनले बताए ।

विभागले पहिलो चौमासिकमा खाद्य-दाना उद्योग, होटल रेष्टुरेण्ट, राजमार्गका होटल लगातमा १ हजार ८ सय ७३ पटक निरीक्षण अनुगमन गरेको छ । पिउने पानी, खानेल तेल होटल लगायतका विभिनन विषयमा परेका १५३ उजुरीहरुको तत्काल सुनुवाई गरी कारवाही गरिएको पनि विभागले जनाएको छ । खाद्य ऐन, २०२३, खाद्य नियमापली २०२७ तथा निर्देशिका बमोजिम उत्पादन नगरेको पाइएका ३४ वटा उद्योग एवं खाद्य व्यवसायको उत्पादन रोक्का गरिएको छ ।

जसमा पिउने पानीका १५,खाद्यान्न तथा दलहनका ८, दुध तथा दुग्ध पदार्थका ६, तेल तथा घ्युजन्यका ३ र अन्य ३ खाद्य व्यवसायहरु रहेका छन् ।

विभागले पहिलो चौमासिकमा विभिन्न १२ नाकामा रहेका कार्यालयहरुबाट २५ हजार १५४ नमुना संकलन गरी जाँच गर्दा पापड, चामल, बदाम, मसला, मैदा लागयत २५ वटा नमुनाहरु प्रतिकुल रहेकाले आयात रोक्का गरिएको जनाएको छ । विभागले पहिलो चौमासिकमा खाद्य स्तर निर्धारण कार्यक्रम अन्तर्गत प्राविधिक र विज्ञहरुसँग छलफल गरेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  १० : ३८ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम