यी ७ सामान घर भित्र नराख्नुहोस् « Khabarhub

यी ७ सामान घर भित्र नराख्नुहोस्


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हामी आफ्नो जीवन सुखमय बनाउन विभिन्न उपाय गर्दछौ । तर कतिपय अवस्थामा जानीनजानी गरेका केही गल्तीले हामीलाई विभिन्न दोष लाग्ने र समस्या झेल्नु पर्ने हुन्छ ।

आज हामी वास्तुशास्त्र अनुसार घरभित्र हुने केही चीजबारे चर्चा गर्नेछौ जसले वास्तु दोष निम्त्याउन सक्छ । तसर्थ यी सामाग्रीलाई घरभित्र राख्नु अशुभ मानिन्छ ।

१. भाचिँएको फर्नीचर
भाचिँएको वा टूटफुट भएको फर्नीचर सामाग्रीलाई घरभित्र राख्नु अशुभ हुन्छ । यसले वैवाहिक जीवनमा कलह निम्याउने वास्तुशास्त्रको मान्यता छ । तसर्थ यस्ता सामाग्रीलाई सकेसम्म घरबाहिर राख्नु नै राम्रो हुन्छ ।

२. बिग्रेको घडी
यदि घरमा कुनै बिग्रिएको, चर्किएको वा टुटफुट घडी छ भने यसलाई समेत घरभित्र नराख्नुहोस् । बिग्रिएको वा रोकिएको घडीले नकारात्मक ऊर्जा पैदा गरी परीवारका सदस्यको काममा अड्चन पैदा गर्दछ ।

३. बिग्रिएका विद्युतीय सामान
बिग्रिएको वा काम नलाग्ने अवस्थामा पुगेका विद्युतिय सामान जस्तैः हिटर, टिभि, आइरन, लगायतका सामाग्री घरबाहिर राख्नुहोस् । यस्ता सामानले नकारात्मक ऊर्जा पैदा गर्दछ ।

४. खण्डित मूर्ति
घरभित्र भुलेर पनि भाँचिएको, खण्डित वा चर्किएको मूर्तिसमेत राख्नु हुदैन । यसले दैवीय आर्शिवाद समेत प्राप्त गर्न असहज हुन्छ भने घरभित्र राख्नु अशुभसमेत मानिन्छ ।

५. टुटफुट भाँडाकुडाँ
घरभित्र टूटफुट, चर्किएको, बांगिएको भाँडाकुडाँ राख्नु राम्रो मानिदैन । यस्ता भाँडाकुडाँ घरभित्र हुनु अशुभ मानिन्छ ।

६. फाटेका जूत्ताचप्पल
फाटेको जूत्ताचप्पल लगाउनु त्यसै पनि राम्रो हुदैँन यसले मानिसको ब्यक्तित्वमा असर पार्दछ । यस अलावा वास्तु अनुसार च्यातिएको वा उपयोगहीन जूताचप्पल घरभित्र हुनाले नकारात्मकता र दुर्भाग्य निम्याउँछ ।

७. चर्किएको वा फुटेको काँच
चर्किएको वा फुटेको काँच घरभित्र भएमा यसलाई तुरुन्त घरबाहिर निकाल्नुहोस् । यस्ता काँचले वास्तु दोष निम्त्याउने र मानसिक तनाव बढाउने गर्दछ ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ५ : ३७ बजे

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट

‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी

तेहरान – इरानको रिभोलुसनरी गाड्र्सले शुक्रबार हर्मुज जलमार्ग हुँदै ‘अवैध

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको