वैकल्पिक विधि प्रभावकारी नबनेपछि विद्यालयबाटै पढाइ सुरू « Khabarhub

वैकल्पिक विधि प्रभावकारी नबनेपछि विद्यालयबाटै पढाइ सुरू


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– कोरोना महामारीका कारण बन्द भएका विद्यालय विस्तारै सञ्चालन भएका छन् । गत वैशाखबाटै शैक्षिक सत्र सुरू भए पनि कोरोनाका कारण विद्यालय बन्द थिए । सरकारले विद्यालय शिक्षा निर्देशिका जारी गरे पनि विद्यालय खुल्न सकेका थिएनन् ।

सिकाइ सहजीकरण निर्देशिका, २०७७ जारी गर्दै पाठ्यक्रम समायोजन भएको छ । अध्यापन र अध्ययन सहज भएकाले नियमति समयमै पाठ्यक्रम सक्ने उद्देश्य राखेर विद्यालय सुरू भएका हुन् । जिल्लामा तिहार लगत्तै केही विद्यालय खुले तर कोरोना महामारीको प्रभाव विद्यालयस्तरमै सर्ने अनुमानपछि बन्द भए । पछिल्लो समय भने स्थानीय तहको निर्देशनानुसार विद्यालय खुलेका हुन् ।

पठनपाठनका लागि विद्यालय शिक्षण पद्धतिको विकल्पका बारेमा प्रयोग गरियो । विद्यार्थीको पहुँच नपुगेकाले त्यस्ता विधि प्रभावकारी बन्न सकेनन् । त्यसैले पनि विद्यालय शिक्षण पद्धतिमा फर्किनु परेको जिल्ला शिक्षा तथा समन्वय एकाइ इलामका प्रमुख शम्भु थापा बताउँछन् ।

शिक्षणका लागि समन्वय एकाइ, स्थानीय तह र विद्यालयकै सहकार्यमा विभिन्न विधि प्रयोग गरियो तर कुनै विद्यालय शिक्षण पद्धतिको तुलनामा कम प्रभावकारी देखिए । विद्यालयहरूले टोल शिक्षण, एफएम/रेडियो शिक्षण, भर्चुअल(जुम) शिक्षण पनि प्रयोग गरे तर परिमाण सन्तोषजनक आएन ।

एकाइका प्रमुख थापाका अनुसार एफएम रेडियो शिक्षण पद्धतिमा विद्यार्थीको सहज पहुँच पुगे पनि विद्यार्थी शिक्षणको निगरानीमा नआउने भएकाले अध्यापन प्रभावकारी देखिएन । ‘विद्यार्थीलाई एफएमबाट पढ्न अनुरोध गरियो तर विद्यालयमा जस्तो शिक्षकको निगरानीमा नभएकाले खासै उपलब्धिमूलक देखिएन’, थापाले भने ।

महामारीमा विद्यालय शिक्षण गर्न नसक्ने भन्दै दुई स्थानीय तह (इलाम नगरपालिका र सूर्योदय नगरपालिका) ले रेडियो शिक्षण पद्धति अपनाए । स्थानीय तीन रेडियोमार्फत शिक्षण गराउँदासमेत उपलब्धि हासिल नहुँदा बीचैमा बन्द गरियो । रेडियो शिक्षण प्रभावकारी नबन्दा बजेटसमेत खर्च नभई फर्किएको छ । ‘कार्यक्रम सञ्चालन गर्नुअघि विभिन्न वडामा माइकिङसमेत गरेका थियौँ’, सूर्योदय नगरपालिकाका शिक्षा अधिकृत योगनिधि भट्टराईले भने, ‘तर पनि प्रभावकारी नहुँदा बीचैमा रोक्नुपर्यो ।’

केही स्थानीय तहले घुम्ती शिक्षण पद्धतिसमेत चलाए । यो पद्धति पनि प्रभावकारी बनेन । त्यसपछि केही विद्यालयले जुम पद्धतिबाट अध्यापन गराउन थालेका छन् । विशेषगरी निजी विद्यालयहरूले यो पद्धति लागू गरे पनि प्रभावकारी नभएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) इलामका अध्यक्ष विकास कर्मचार्य बताउँछन् ।

कर्मचार्यका अनुसार स्थानीय तहले सहजीकरण नगरिदिँदा प्रभावकारी नबनेको हो । ‘विद्यार्थीलाई मात्र होइन अभिभावकलाई समेत जानकारी गराउनु पर्दो रहेछ । समन्वय अभाव भयो’, कर्मचार्यले भने, ‘सबै क्षेत्रमा इन्टरनेटको उपभोग गर्न सकिएन । मुख्य कुरा चाहिँ स्थानीय तहले सहजीकरण गरिदिएनन् ।’

केही समयअघि विद्यालय खोल्ने क्रममा जिल्ला सुरक्षा समिति र स्थानीय तहको मापदण्ड पनि बाझिएको थियो । प्रशासनले बन्द गरेको र स्थानीय तहले खोल्न अपिल गरेकाले सरोकारवालासमेत अन्योलमा परेका थिए । पछिल्लो समय अन्योल त छैन तर वैकल्पिक माध्यमको फाइदा हुन नसक्नुमा चाहिँ स्थानीय तहको कमजोरी रहेको कर्मचार्यको तर्क छ । आउँदा दिनमा पनि कोरोना पुनः भयावह भएमा वैकल्पिक विधि नअपनाउँदा शैक्षिक क्षेत्र समस्याबाटै गुज्रिनु पर्ने अनुमान उनको छ ।

जिल्लामा विद्यालय खुले पनि विद्यार्थीको सहभागिता कम छ । कोरोनाका कारण अभिभावकले विद्यार्थी नपठाउँदा अझै पनि पठनपाठन ढिलो हुने सम्भावना छ । फाट्टफुट्ट कोरोना सङ्क्रमित भेटिँदै रहेकाले अभिभावकले विद्यार्थी नपठाएको शिक्षा समन्वय एकाइ बुझाइ छ ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ७ : २४ बजे

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल– काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य बेरुजु पालिका

अफ्रिकी महादेशमा सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा

आदिस अबाबा- अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी)

प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदनपछि सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं- संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको

ट्रम्पको अल्टिमेटमपछि दबाबमा ईयू

ब्रसेल्स- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कडा भन्सार शुल्क लगाउने

भिजिट भिसा प्रकरण : तीर्थराजलाई घुस दिएर अदालतमा बयान फेरेका थापाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको पालामा