सवारी चालक अनुमति पत्रको फारम खुल्यो, २ सय जनाले आवेदन दिन पाउने « Khabarhub

सवारी चालक अनुमति पत्रको फारम खुल्यो, २ सय जनाले आवेदन दिन पाउने


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना महामारीका कारण गएको चैतदेखि बन्द सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फाराम मंगलबारदेखि खुलेको छ।

लाइसेन्सको अनलाइन फाराम सातवटै प्रदेशमा खुलेको यातायात व्यवस्था विभागका निर्देशक डाक्टर लोकनाथ भुसालले जानकारी दिए। कोरोना भाइरस संक्रमणको त्रासका कारण गत नौ महिनादेखि बन्द फाराम जनजीवन सामान्य तर्फ फर्कन थालेसँगै खोलिएको उनको भनाइ छ।

अझै पनि भाइरसको संक्रमण कायमै रहेको बताउँदै उनले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेर लिखित तथा ट्रायल परीक्षा लिने व्यवस्थासहित फाराम खुला गरिएको बताए।

उनले भने, ‘अहिलेलाई दैनिक कोटा तोकेर आवेदन लिन थालिएको छ अब नियमित परीक्षा लिने तयारी छ।’ लामो समयपछि फाराम खुलेकाले आवेदन दिनेको चाप भएकोले अनलाइन साइट नखुल्ने समस्या देखिएको बताउँदै उनले समस्या समाधानको प्रयास भइरहेको बताए।

अहिले मोटरसाइकलमा दैनिक एक सय, स्कुटर र चारपाङ्ग्रे गाडीमा ५०–५० गरी कुल दुई सय जनाले अनलाइन आवेदन दिन पाउने व्यवस्था गरेको पनि गरिएको छ।

काठमाडौँ उपत्यकाका चारसहित देशभर विभागका १७ कार्यालयबाट अनुमतिपत्र वितरण, नवीकरण हुँदै आएको छ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ९ : १० बजे

नक्कली मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु, सयभन्दा बढी उपचाररत   

भोपाल- भारतको मध्य प्रदेशस्थित सागर जिल्लाको बाँदा क्षेत्रमा नक्कली मदिरा सेवनबाट

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

बझाङ– बझाङमा मेलाको संरक्षण गर्ने अभिप्रायले भलिबल प्रतियोगिता अनिवार्य गरिएको

जेन-जी शहीद सम्झिन गएनन् प्रधानमन्त्री, को को पुगे ?

काठमाडौं– जेन-जी शहीदहरूको सम्झनामा आज देशभर स्मृति दिवस मनाइँदै छ

सामाजिक सञ्जालमा अशिष्‍टता रोक्न एमाले बाँकेको निगरानी, ‘स्क्रिनसट’ राखेर बुलेटिन निकाल्ने

नेपालगन्ज- नेकपा एमाले बाँकेले सामाजिक सञ्जालमा बढ्दै गएको अशिष्ट, अमर्यादित तथा

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

काठमाडौं– काठमाडौं महानगरपालिकाले महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर