विश्वमा कोरोना संक्रमितको संख्या ८ करोड २३ लाख नाघ्यो « Khabarhub

विश्वमा कोरोना संक्रमितको संख्या ८ करोड २३ लाख नाघ्यो


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ८ करोड २३ लाख २१ हजार ३५८ पुगेको छ ।

बुधबार बिहान यो समाचार तयार पार्दासम्म कोरोनाबाट १७ लाख ९६ हजार २६९ जनाले ज्यान गुमाएका छन् ।

विश्वमा संक्रमित रहेका २ करोड २१ लाख ९३ हजार ७९१ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये १ लाख ५ हजार ९३९ को स्वास्थ्य अवस्था गभ्भीर छ ।

अहिलेसम्म ५ करोड ८३ लाख ३१ हजार २९८ जनाले कोरोनालाई जितेका छन् ।

सबैभन्दा रै संक्रमण फैलिएको अमेरिकामा १ करोड ९९ लाख ७७ हजार ७०४ जनामा संक्रमण फैलिएको छ । संक्रमित ३ लाख ४६ हजार ५७९ जनाको मृत्यु भएको छ । १ करोड १८ लाख ४४ हजार ४७२ जनाले कोरोना जितेका छन् । अमेरिकामा अहिले ७७ लाख ८६ हजार ६५३ जनामा सक्रिय संक्रमण छ । उनीहरूमध्ये २९ हजार १३२ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

त्यस्तै दोस्रो संक्रमण फैलिएको भारतमा १ करोड २ लाख ४५ हजार ३२६ जनामा संक्रमण भएको छ । १ लाख ४८ हजार ४७५ जनाको मृत्यु भएको छ । ९८ लाख ३३ हजार ३३९ जनाले कोरोनालाई जितेका छन् । २ लाख ६३ हजार ५१२ जनामा सक्रिय संक्रमण छ । उनीहरूमध्ये ८ हजार ९४४ को स्वास्थ्य अवस्था गम्भीर छ ।

संक्रमित मुलुकको ४० ‍औँ स्थानमा रहेको नेपालमा संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ जना पुगेको छ । जसमा गत २४ घण्टामा ७०८ जना संक्रमित थपिएका हुन ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ४१ जना कोरोना संक्रमित थपिएका छन् । जसमा उदयपुरमा एक, झापाका ४, भोजपुरमा एक, मोरङमा २१ र सुनसरीमा १४ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।

यस्तै प्रदेश २ मा ३ जना संक्रमित थपिएका छन् । जसमा धनुषाका २ जना र रौतहटका एक जना थपिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी गत २४ घण्टाको अवधिमा वाग्मती प्रदेशमा ४४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३२४, काभ्रेमा ७, चितवनमा १४, धादिङमा ६, नुवाकोटमा ७, भक्तपुरमा २२, मकवानपुरमा ७, रामेछापमा एक, ललितपुरमा ५२ र सिन्धुपाल्चोकमा २ जना थपिएका हुन ।

मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा २७ जनामा कोरोना संक्रमित थपिएका छन् । जसमा कास्कीमा १९, गोरखामा एक, तनहुँमा एक, नवलपरासी पूर्वमा ५ र लमजुङमा एक जना थपिएका हुन ।

त्यसैगरी लुम्बिनी प्रदेशमा १३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये अर्घाखाँचीमा ३, कपिलवस्तुमा ६, गुल्मीमा ४, दाङमा १६, नवलपरासीमा ५, पाल्पामा १०, बर्दियामा ११, बाँकेमा ३८, रुकुम पूर्वमा एक, रुपन्देहीमा ३७ र रोल्पामा एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यसैगरी कर्णाली प्रदेशमा ८ जनामा संक्रमित थपिएका छन् । जसमा जाजरकोटका एक र सुर्खेतका ७ जना रहेका छन् । सुदूरपश्चिम प्रदेशमा ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा अछाममा एकजना, कंचनपुरमा १६, कैलालीमा २६, डडेल्धुरामा ३, बझाङमा ५ र बैतडीमा ४ जना संक्रमित थपिएका हुन ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ८ : ३० बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६