दशैँमा टाटा मोटर्स खरिद गर्ने ग्राहकलाई उपहार मोर « Khabarhub

दशैँमा टाटा मोटर्स खरिद गर्ने ग्राहकलाई उपहार मोर


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टाटा मोटर्स् नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिद्वारा चाडपर्व लक्षित ‘यो दशैँ, तिहारमा किन मान्ने बोर, टाटा मोटर्सले दिन्छ उपहार मोर’ नामक ग्राहक उपहार योजना अन्तर्गतको बम्पर लक्की ड्र कार्यक्रम सार्वजनिक भएको छ ।

प्रतिकूल परिस्थितिका कारण डिजिटल प्रविधिको माध्यमबाट फेसबूक लाइभमार्फत गत पुस १० गते शुक्रवार बम्पर लक्की ड्र कार्यक्रम सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।

No description available.

देशैभरबाट १ हजार ३०० भन्दा बढी सहभागीहरूमध्ये भाग्यशाली ३४ जना ग्राहकलाई बम्पर उपहार अन्तर्गतको विभिन्न आकर्षक उपहारहरू प्रदान गरिएको छ । ३४ जना भाग्यशाली ग्राहकमध्ये काठमाडौं र पोखराबाट १२ जना, बुटवलबाट ५ जना, हेटौंडाबाट ६ जना, इटहरीबाट ५ जना र नेपालगञ्जबाट ६ जना विजेता छानिएको थियो ।

भाग्यशाली ग्राहकमध्ये एलजी ३१० लिको डबल डोर रेफ्रिजेरेटर ६ जनाले, एलजी ८ केजी फ्रन्ट लोड वासिङ मशिन ६ जनाले, सोनी ५५ इन्च इन्टरनेट टीभी ६ जनाले, सामसुङ नोट ट्वान्टी ७ जनाले र सामसुङ ट्यावलेट ९ जनाले जितेका छन् ।

No description available.

कार्यक्रमलाई फेसबूक लाइभमार्फत विशेष सम्बोधन गर्दै सिप्रदी ट्रेडिङ प्रालिका सीईओ राजनबाबु श्रेष्ठले ग्राहकको अपार माया अनि उत्साहजनक सहभागिताले योजना सफल भएको बताए । सम्पूर्ण विजेता ग्राहकलाई हार्दिक बधाई एवं सबै सहभागीलाई विशेष धन्यवाद दिँदै नेपालको बाटो घाटो अनि माटो सुहाउँदो टाटा गाडीले व्यापार, व्यवसाय विस्तारमा सबै नेपालीको लागि महत्त्वपूर्ण भूमिका खेल्न सकोस् भनेर कामना गरेका छन् ।

No description available.
देशभर नै बृहत् शाखा सञ्जाल भएको टाटा मोटर्स्ले सर्भिसमा दिँदै आएको गुणस्तरीय सेवा, सुविधालाई अझै उत्कृष्ट एवं विस्तारित गर्दै लैजाने जानकारी गराएका छन् ।

कम्पनीले आगामी दिनहरूमा ग्राहक लक्षित योजनालाई निरन्तरता दिइरहने प्रतिबद्धता जाहेर गरेको छ ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ७ : ०८ बजे

होलीमा उच्छृशृङ्खलता निषेध, निर्वाचन सुरक्षामा प्रशासनको कडाइ

कञ्चनपुर – असान्न प्रतिनिधिसभा सदस्य निर्वाचनको आचारसंहिता पूर्ण रूपमा पालना

पाल्पामा निर्वाचनको तयारी : सामग्री प्याकिङदेखि मतदान केन्द्र सुरक्षाको नमूना अभ्याससम्म

पाल्पा – आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी पाल्पामा तीव्र पारिएको

विश्वप्रकाशको दाबी : निर्वाचनमा जनताले कांग्रेसलाई पहिलो पार्टी बनाउँछन्

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले फागुन २१ गतेको

एपिएफले जित्यो राष्ट्रिय महिला फुबटल प्रतियोगिताको उपाधि

उदयपुर – जिल्लाको गाईघाटस्थित थरुहट रङ्गशाला मैदानमा भएको राष्ट्रिय महिला

मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो बढ्न थाल्यो

मुस्ताङ – चिसो घटेसँगै यहाँस्थित मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो बढेको