कतार एयरवेज र ओमान एयरबीच कोडसेयर सम्झौता « Khabarhub

कतार एयरवेज र ओमान एयरबीच कोडसेयर सम्झौता


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कतार एयरवेजले आफ्नो विश्वव्यापी रणनीतिक साझेदारी विस्तार गर्ने क्रममा ओमान एयरसँग विस्तारित कोडशेयर सम्झौतामा हस्ताक्षर गरेको छ ।
जसले दुवै एयरलाइन्सका ग्राहकहरूलाई अधिक यात्राका सुविधा एवं विकल्पहरू प्रदान गर्नेछ ।

यस विस्तारित कोडशेयर सम्झौता दुई एयरलाइन्स बीच सन् २००० मा सुरु भएको रणनीतिक सम्बन्धलाई थप सुदृढ पार्ने पहिलो चरणको कदम हो । थप गन्तव्यहरूको टिकट बिक्री २०२१ मा सुरु हुनेछ ।

कतार एयरवेज समूहका प्रमुख कार्यकारी अधिकृत अक्बर अल बकरले खाडी क्षेत्रका अग्रणी एयरलाइन्स मध्ये एक ओमान एयरसँग कोडशेयर साझेदारी अझ विस्तार गर्न पाउँदा खुसी लागेको बताए ।

उनले भने, ‘हाम्रो कार्य प्रणाली सुदृढ गर्दै हाम्रो यात्रुहरुलाई विश्वमा सयौँ गन्तव्यहरुसँग जोड्ने सुविधा प्रदान गर्न उद्योग भर रणनीतिक साझेदारी मजबूत गर्न महत्वपूर्ण छ । हाम्रा यात्रीहरूलाई अतुलनीय सेवा र उनीहरूले इच्छा अनुसारको यात्रा गर्न अधिक सुविधा प्रदान गर्दै २००० देखि नै हामी दुबै एयरलाइन्सले व्यावसायिक सहयोगले ल्याएका फाइदाहरू देखेका छौँ ।’

ग्राहकहरुलाई अझ बढी सुविधाहरु प्रदान गर्न ओमान एयरसँग व्यापारिक सहयोगलाई अझ सुदृढ पार्ने एयरले जनाएको छ ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ९ : २२ बजे

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा पूर्वमुख्यमन्त्री शाहीको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको

एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट 

काठमाडौं– एनसेलका ग्राहकहरूले अब ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवाहरूमा बाइ

कांग्रेसको १५औँ महाधिवेशन : सहमहामन्त्री पदमा आङगेलु शेर्पाले दिए उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा आङगेलु शेर्पाले उम्मेदवारी