दाहाल-नेपाल समूहको बागमती प्रदेश संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य « Khabarhub

दाहाल-नेपाल समूहको बागमती प्रदेश संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा दाहाल-नेपाल समूहको बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन भएकी छन् ।

पेरिसडाँडाँमा बसेको दाहाल-नेपाल समूहको बैठकले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई हटाएर शाक्यलाई संसदीय दलको नेता चयन गरेको हो ।

शाक्यलाई यसअघि नै दलको नेता बनाएर मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरी पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएकाले आजको बैठकले त्यसलाई अनुमोदन गरेको जनाइएको छ ।

पौडेलविरुद्ध सो समूहले प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरिसकेको छ ।

११० सदस्यीय प्रदेशसभामा नेकपाका ८१ सांसद छन् । तीमध्ये ४५ जना दाहाल-नेपाल समूहका छन् ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  २ : ३० बजे

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मी– पछिल्लो समय गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको

भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ– गए रातिदेखि भएकाे वर्षासँगैको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सिन्धुली– दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल

सर्लाही-४ : गगनलाई सघाउन सांसद उम्मेवारसहित चार वडाध्यक्ष कांग्रेसमा प्रवेश

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही क्षेत्र नम्बर

एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

तनहुँ– मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन