मुकुन र मेनुकालाई लिएर ‘गणपति’ निर्माणको घोषणा « Khabarhub

मुकुन र मेनुकालाई लिएर ‘गणपति’ निर्माणको घोषणा


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मुकुन भुसाल र मेनुका प्रधानको शीर्ष भूमिका रहने फिल्म ‘गणपति’ निर्माणको घोषणा गरिएको छ । मंगलवार राजधानीमा आयोजित कार्यक्रममा फिल्मको घोषणा गरियो ।

सो फिल्ममा, पटकथा तथा संवाद तथा निर्देशन सविन अधिकारीको रहनेछ । फिल्मलाई लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरीले फिल्म निर्माण गर्नेछन् ।

फिल्ममा मुकुन र मेनुकाका अलावा सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, अर्जुन गुरुङ, श्रीदेव वि.एल,शुशील पोखरेललगायतका कलाकारको समेत अभिनय रहेनछ ।

‘अ बिग म्यान फिल्मस्’को ब्यानरमा निर्माण हुने फिल्मलाई तनहुँको बन्दीपुर गाउँपालिका थारुबासमा छायांकन गरिने जनाइएको छ ।

फिल्मका निर्देशक सविन अधिकारीले मान्छे र भगवानबीचको फरकलाई फिल्ममा देखाइने बताए । फिल्ममा शीर्ष भूमिका निभाउने मुकुन भुसाल र मेनुका प्रधानले कथा मन परेर फिल्म निर्माण गर्न लागेको प्रतिक्रिया दिए ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ३ : २८ बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु