गोरखादेखि काठमाडौँसम्म सेनाले पदयात्रा गर्ने « Khabarhub

गोरखादेखि काठमाडौँसम्म सेनाले पदयात्रा गर्ने


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा- राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा नेपाली सेनाले गोरखाबाट काठमाडौँसम्म एकीकरण पदयात्रा गर्ने भएको छ ।

नेपाल एकीकरणको उद्गमस्थल गोरखादेखि पृथ्वीनारायण शाहले गोरखा राज्य एकीकरण गर्दा प्रयोग गरेका मार्ग समेटेर पुस २१ गतेदेखि पदयात्रा गर्न लागेको नेपाली सेनाको रणसिंह दल गण गोरखाका गणपति प्रमुख सेनानी उज्ज्वल केसीले जानकारी दिए ।

‘गोरखा नगरपालिकाको हनुमान चौताबाट तत्कालीन राजा पृथ्वीनारायण शाह जन्मनुभएको गोरखा दरबार हुँदै पदयात्रा शुरु हुन्छ’, उनले भने, ‘गोरखा दरबारबाट निस्किएर सेनाको टुकडी बोर्लाङघाटमा पुगेर धादिङस्थित सेनाको देवीदत्त गणलाई झण्डा र टर्च हस्तान्तरण गर्छौँ।’

तत्कालीन राजा पृथ्वीनारायण शाहकालीन पोसाकमा सेनाको टोली पदयात्रामा निस्कने उनको भनाइ छ ।

नेपाल एकीकरण तत्कालीन अभियानलाई दृष्टिगत गरी शुरु गर्न लागिएको पदयात्रा राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको दिन काठमाडौँ पुग्ने कार्यक्रम तय भएको गणपति केसीले जानकारी दिए ।

भीमसेन थापा गाउँपालिका–८ स्थित बोर्लाङघाटमा स्थानीयवासीले सेनाको स्वागतका लागि झाँकी कार्यक्रम गर्ने तयारी भइरहेको छ ।

पदयात्रामा तत्कालीन राजा पृथ्वीनारायण शाहका पालामा स्थापना भएका नेपाली सेनाको श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज गणको झण्डा र टर्च लाइट लिएर हिँड्ने गणपति केसीले जानकारी दिए ।

गोरखाबाट पदयात्रामा निस्किएको टोलीले धादिङको सिमानासम्म पुगेपछि धादिङस्थित सेनाको गणलाई झण्डा र टर्च गर्नेछ भने धादिङबाट नुवाकोटको सिमानासम्म  धादिङस्थित सेनाको गणले झण्डा र टर्च पुर्‍याउनेछ ।

त्यस्तै नुवाकोटमा रहेको सेनाको गणले झण्डा र टर्च काठमाडौँस्थित सेनालाई बुझाउनेछ । पदयात्रा २७ गते पृथ्वी जयन्तीका अवसरमा काठमाडौँ पुग्ने उनले बताए ।

गोरखा दरबारबाट ४० जनाको टोलीले पदयात्रा गर्ने गणपति केसीले जानकारी दिए ।

यसअघि गएको वर्ष पनि नेपाली सेनाले राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसर पारेर नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले यात्रा गरेको पदमार्ग समेटेर पदयात्रा गरेको थियो ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ४ : १० बजे

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष