देशभर २४ घण्टामा ५११ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित) « Khabarhub

देशभर २४ घण्टामा ५११ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित)


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ५११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार ३०० रहेको छ ।

यसअघि मंगलबार (हिजो)को तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ थियो ।

थप ६०० जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ६०० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५१ हजार ९१२ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि मंगलबारसम्मको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ५१ हजार ३१२ रहेको थियो ।

थप ७ कोरोना संक्रमितको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८४७ पुगेको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

मन्त्रालयका अनुसार २४ घण्टामा थपिएका ५११ कोरोना संक्रमित  मध्ये प्रदेश १ को खोटाङमा २, झापामा ६, ताप्लेजुङमा १, मोरङमा ८ र सुनसरीमा ७ जना रहेका छन ।

त्यस्तै प्रदेश २ को धनुषामा १ र पर्सामा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यसैगरी बागमती प्रदेशको काठमाडौंमा २२५, काभ्रेमा ६, चितवनमा १६, दोलखामा ९, धादिङमा ४, नुवाकोटमा १, भक्तपुरमा ३८, रामेछापमा ४, ललितपुरमा ४९, सिन्धुपाल्चोकमा १ र सिन्धुलीमा २ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा गण्डकी प्रदेशको कास्कीमा ५०, गोरखामा १, तनहुँमा ६, नवलपरासीमा पूर्वमा २, म्याग्दीमा १, बागुलङमा ३ र स्याङजामा २ जना संक्रमित थपिएका छन् ।

यसैगरी लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २, कपिलवस्तुमा ३, गुल्मीमा ७, दाङमा ७, नवलपरासीमा ३, पाल्पामा १०, बर्दियामा ४, बाँकेमा ५, रुकुम पूर्वमा १ र रुपन्देहीमा १९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा कर्णाली प्रदेशको कुनै पनि जिल्लामा संक्रमित भेटिएका छैनन् भने सुदूरपश्चिम प्रदेशको डडेल्धुरामा २, डोटीमा १ र बझाङमा १ जनामा कोरोना संक्रमित थपिएका छन् ।

यस्तो छ मन्त्रालयको विस्तृत विवरण

 

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ४ : ५० बजे

क्रिकेट विश्वकप तयारी : मुम्बईमा अभ्यास (फोटो फिचर)

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले

मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात

मुस्ताङ– मुस्ताङ, हुम्ला र बाजुराका विभिन्न भागमा हिमपात भएको छ

होलोकास्ट स्मृति दिवस : साठी लाख यहुदीप्रति श्रद्धाञ्जली

काठमाडौं– नेपालस्थित इजरायली दूतावासले अन्तर्राष्ट्रिय होलोकास्ट स्मृति दिवसका अवसरमा मङ्गलबार

शान्तिपूर्ण सहअस्तित्व  दिवस मनाइँदै

काठमाडौं– आज अन्तर्राष्ट्रिय शान्तिपूर्ण सहअस्तित्व  दिवस मनाइँदै छ । संयुक्त

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी– बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका