प्रचण्ड-माधवलाई ओलीको कटाक्ष- प्रतिनिधिसभा व्यूँतिन्न, चुनावको तयारी गरे केही सिट जोगिएला (भिडियोसहित) « Khabarhub

प्रचण्ड-माधवलाई ओलीको कटाक्ष- प्रतिनिधिसभा व्यूँतिन्न, चुनावको तयारी गरे केही सिट जोगिएला (भिडियोसहित)


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले ६४ प्रतिशतको बहुमतप्राप्त सरकारले प्रतिनिधिसभा विघटन नहुने बताएका छन् ।

काठमाडौँको बबरमहलस्थित एक पार्टी प्यालेसमा उपत्यकामा उपलब्ध सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड-माधवलाई चुनाव नहोला कि भ्रममा नपर्न पनि आग्रह गरे ।

‘६४ प्रतिशत बहुमत प्राप्त दलको सर्वसम्मत नेताको हैसियतमा प्रतिनिधिसभा विघटन गरेको हुँ, बाँकी ३६ प्रतिशतबाट सरकार बन्न सक्दैन, विघटनपछि को कहाँ छ भन्ने कुराले अर्थ राख्दैन,’ ओलीले भने ।

बरू सडक आन्दोलन छाडेर चुनावी तयारीमा लागे प्रचण्ड-माधवको केही सिट सुरक्षित हुने उनले बताए । ‘केही सिट जित्न चुनावको तयारीमा लाग्नुस्, चिसोमा सडकमा नबस्नुस्,’ उनले भने । माधव नेपाललाई उनले प्रचण्डको मामुली कार्यकर्ता भएको टिप्पणी गरे ।

हेरौँ भिडियो

प्रचण्डसँगको सम्झौताले आफ्नो एउटा ब्रिफकेश नै भरिएको उनले बताए । दाहालसँग थुप्रै सम्झौता गरिसकेकाले अब कति सम्झौता गर्ने भन्दै उनले प्रश्न गरे । ‘प्रचण्डसँगको सम्झौताले मेरो एउटा ब्रिफकेश भरिएको छ । कति सम्झौता गर्नु,’ उनले भने ।

‘पार्टीको कार्यकारी अध्यक्षको प्रस्ताव पनि उहाँले नै सचिवालयमा राख्नुभयो । मैले हुन्छ भनिदिए ,’ ओलीले भने, ‘भोलिपल्ट मैले गल्ती गरेँ कि क्या हो कमरेड भनेर मलाई भन्नुभयो ।’

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ५ : २८ बजे

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ