अपहरण मुद्दाका फरार अभियुक्त १२ वर्षपछि पक्राउ « Khabarhub

अपहरण मुद्दाका फरार अभियुक्त १२ वर्षपछि पक्राउ


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दाका फरार एक जनालाई १२ वर्षपछि पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भ्याली कोल्ड स्टोर्स बालाजुका सञ्चालकसमेत रहेका बाबुराजा रावलको अपहरणमा संलग्न सर्लाहीका ३८ वर्षीय सोले/कुमार भनिने दुर्गाबहादुर बुढाथोकीलाई मङ्गलबार इलाममा पक्राउ गरी आज काठमाडौँमा सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रमुख, प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले विसं २०६५ मा वुढाथोकीसहितको समूहले रावलसँग रु एक करोड ५० लाख फिरौती मागेर बन्धक बनाएकाले पक्राउ गरिएको जानकारी दिए ।

तत्कालीन समयमा रावललाई अपहरण गर्नेमा बुढाथोकीसहित बङ्गुरे भनिने विकास कार्की, सोल्टी भनिने टासी गुरुङ, विनोद कार्की, विकास गुरुङ, प्रल्हाद महत र विष्णु जिसी रहेका थिए ।

बन्धक बनाएर फरार रहेका बुढाथोकी भारतका विभिन्न स्थानमा लुक्दै आएका थिए । पक्राउ परेका बुढाथोकीलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ६ : ४७ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान