सवारी दुर्घटनामा दुईको मृत्यु « Khabarhub

सवारी दुर्घटनामा दुईको मृत्यु


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– पूर्व–पश्चिम राजमार्गको मालटोलस्थित सडकखण्डमा भएको सवारी दुर्घटनामा दुईको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको डिजेल बोकेको को१ख २३३८ नम्बरको ट्याङ्कर र पूर्वबाट पश्चिमतर्फ आइरहेको बीआर शून्य जिडी ८८५९ नम्बरको भारतीय ट्रक आज एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी ट्याङ्कर चालक मोरङको विराटनगर महानगरपालिका–४ बस्ने ३५ वर्षीय अर्जुनकुमार मण्डल र ट्रक चालक भारत विहार राज्य चम्पारण जिल्ला गमहरिया पञ्चायत बस्ने २० वर्षीय रङ्गिला कुमारको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

गम्भीर घाइते चालक मण्डललाई उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको र ट्रक चालक रङ्गिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै ट्याङ्करका सहचालक मोरङको धनपाल गाउँपालिका–३ बस्ने २२ वर्षीय धनराम यादवलाई जनकपुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगर रेफर गरिएको छ भने ट्रकका सहचालक भारतीय नागरिक जावेद आलमको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ९ : २४ बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको