यसरी बित्छ महराको जेल जीवन, को-को जान्छन् भेट्न ? « Khabarhub

यसरी बित्छ महराको जेल जीवन, को-को जान्छन् भेट्न ?


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वसभामुख कृष्णबहादुर महरा जबर्जस्ती करणीको अभियोगमा करिब तीन महिनादेखि पुर्पक्षका लागि थुनामा छन्।

कात्तिक २५ गतेदेखि डिल्लीबजार कारागारमा रहेका उनलाई भेट्न जानेहरूको लर्को नै लाग्ने गरेको छ।

उनलाई भेट्न आउनेहरू प्रायः जनमानसमा परिचित र शीर्षनेताहरू होलान् भन्ने धेरैलाई लाग्न सक्छ। तर उनलाई भेट्न सामान्य कार्यकर्ता र आफन्तबाहेक भिआइपी भने जाँदैनन्।

‘अरू कैदीलाई भेट्न फाट्टफुट्ट रूपमा भए पनि शीर्ष नेताहरू आइरहेका हुन्छन्,’ कारागार प्रशासनका एक कर्मचारीले भने, ‘तर महराज्यूलाई भेट्न शीर्ष नेताहरू कोही नआएको देख्दा अनौठो लागेको छ।’

राज्यको पाँचौं वरीयताका व्यक्ति जबर्जस्ती करणीको मुद्दामा जेल चलान भएको यो नै पहिलो रेकर्ड हो। त्यसकारण पनि महराले अप्ठेरो महसुस गरेको जनाइएको छ।

कारागार स्रोतका अनुसार महरा स्वयं पनि बाहिरी व्यक्तिसँग भेट्न रुचि राख्दैनन्। कारागारका कर्मचारीले ‘कस्तो छ ?’ भनेर सोध्दा उनी टाउको हल्लाएर ठीक रहेको संकेत गर्ने गरेकाे खबर आजको नागरिक दैनिकले छापेको छ ।

नागरिक दैनिककाे अनुसार कारागारभित्र महराको बिहान ६ बजेदेखि दैनिकी सुरु हुन्छ। उठ्नेबित्तिकै उनी केही बेर ओछ्यानमै योग गर्छन्। एकछिन हातपाखुरा र जिउ तन्काएपछि कारागारकै कम्पाउन्डमा चार/पाँच फन्को मार्छन्। लगत्तै तातोपानी, चिनीबिनाको चिया र रोटी, फलफूल आदि खान्छन्।

उनका लागि प्रायः घरबाटै खानेकुरा आइपुग्छ। बिहान ९ बजेतिर पत्रपत्रिका पढ्न पुस्तकालय छिर्छन्। १० बजे खाना खान कोठाभन्दा बाहिरपट्टि कुर्सीमा आउँछन्। कहिलेकाहीं भने कारागारभित्रकै क्यान्टिनमा खान्छन्।

कोठामा छिरेर केही बेरको आरामपछि उनी ११ बजे आगन्तुक भेट्न र घाम ताप्न बाहिर निस्कन्छन्। दिउँसो २ बजे आफन्तसँगै खाजा खान्छन्। त्यसपछि ५ बजेसम्म कोठाबाहिरै बस्छन्।

साँझ परेसँगै खाना खाएलगत्तै उनी सुगर र प्रेसरको औषधि सेवन गर्छन्। महराले आफ्नो सिरानीनजिक केही पुस्तक राखेका छन्। उनी आफन्त नआएका बेला किताब र पत्रपत्रिका पढ्छन्। बेलुकी ९ बजे उनको सुत्ने समय हो।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ६ : ३३ बजे

कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब (तस्बिर)

काठमाडौं– नेपाली कांग्रेसबाट निर्वाचित स्थानीय तहका प्रमुख–उपप्रमुखले पार्टी नफुटाउन इतर पक्षलाई

आफ्नै समर्थकको सरकारबाट डा. केसीका माग पूरा हुन कति सम्भव ?

काठमाडौं– डा गोविन्द केसीले बिहीबारबाट फेरि आमरण अनसन सुरु गरेका

सम्बन्ध विच्छेदमा ६४ करोड डलर तिर्न आदेश

सियोल– दक्षिण कोरियाको उच्च अदालतले कृत्रिम बौद्धिकता (एआई) चिप उद्योगका

तीन दल नमिल्ने गगनको अडानपछि प्रदेशको सत्ता भागबन्डानजिक एमाले-नेकपा

काठमाडौं- नेपाली कम्युनिस्ट आन्दोलन यतिबेला इतिहासकै चुनौतीपूर्ण मोडमा छ। विभिन्न

एक वर्षमा काठमाडौंमा अपराधका ११ हजार बढी मुद्दा दर्ता, ८ हजार ५ सय बढी पक्राउ

काठमाडौं– जिल्ला प्रहरी परिसर, काठमाडौंले आर्थिक बर्ष २०८२/८३ मा काठमाडौंमा