नेकपाका नेताहरुको आदेश नमानेपछि डीएसपी चिमौरियाको सरुवा « Khabarhub

नेकपाका नेताहरुको आदेश नमानेपछि डीएसपी चिमौरियाको सरुवा


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दलका नेताहरुको दबावमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी नारायण चिमौरियाको सरुवा भएको छ ।

डीएसपी चिमौरिया गत साउनमा सरुवा भएर सोलुखोम्बु गएका थिए । गृहमन्त्रालयले उनको ठाउंमा टेकुनन्द इवा लिम्बुलाई पठाएको छ ।

जिल्लाका संघीय सांसद हेमकुमार राई, प्रदेश सासंदहरु उत्तम बस्नेत र बुद्धिकुमार राजभण्डारीको दबावमा चिमौरियाको सरुवा भएको स्रोतको दाबी छ ।

गत माघ ४ मा सोलुखुम्बुको पातलेमा राष्ट्रिय प्रशारण लाइनको उद्घाटन गर्न जाने क्रममा तिंगला ११ का स्थानीय वासिन्दासंग झड्प भएको थियो । प्रशारण लाइनको शवस्टेशन तिंगलामा रहेको छ । आफ्नो गाउंलाई अधेरोमा राखेर प्रशारण लाइन वन्न नदिने अडान लिएपछि झड्प भएको थियो ।

प्रहरीले कार्यक्रम नगर्न सुझाव दिए पनि जिल्लाका माननीयहरुले प्रशारण लाइन जसरी पनि उद्घाटन गर्ने अडान लिएपछि झड्प भएको थियो । झड्पमा परी डिएसपी चिमौरिया लगपायत घाइते भएका थिए ।

झडप हुँदा ११ मोटरसाइकल र गाडीमा समेत आगजनी गरिएको थियो । तिंगलाबासीले यसअघि भएको स्थानीय र संघीय निर्वाचन समेत बहिस्कार गरेका थिए ।

उनलाई सुरक्षा व्यवस्था मिलाउन नसकेको आरोप लगाइए पनि सत्तारुढ दलका नेताहरुको आदेश नमानेको आरोपमा सरुवा भएको गृह स्रोतको दाबी छ ।

‘जिल्लाका नेताहरुको उहां (डिएसपी) को सम्बन्ध राम्रो थिएन् । अहिले तिंगला घटनालाई कारण बनाएर सरुवा गरिएको हो ।’ स्रोतले भन्यो ।

सोलुखुम्बु प्रहरी प्रमुख रहेका डीएसपी चिमौरियालाई प्रहरी प्रधान कार्यालयको कार्य तथा अपराध अनुसन्धान विभागमा तानिएको छ ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ८ : ५६ बजे

कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब (तस्बिर)

काठमाडौं– नेपाली कांग्रेसबाट निर्वाचित स्थानीय तहका प्रमुख–उपप्रमुखले पार्टी नफुटाउन इतर पक्षलाई

आफ्नै समर्थकको सरकारबाट डा. केसीका माग पूरा हुन कति सम्भव ?

काठमाडौं– डा गोविन्द केसीले बिहीबारबाट फेरि आमरण अनसन सुरु गरेका

सम्बन्ध विच्छेदमा ६४ करोड डलर तिर्न आदेश

सियोल– दक्षिण कोरियाको उच्च अदालतले कृत्रिम बौद्धिकता (एआई) चिप उद्योगका

तीन दल नमिल्ने गगनको अडानपछि प्रदेशको सत्ता भागबन्डानजिक एमाले-नेकपा

काठमाडौं- नेपाली कम्युनिस्ट आन्दोलन यतिबेला इतिहासकै चुनौतीपूर्ण मोडमा छ। विभिन्न

एक वर्षमा काठमाडौंमा अपराधका ११ हजार बढी मुद्दा दर्ता, ८ हजार ५ सय बढी पक्राउ

काठमाडौं– जिल्ला प्रहरी परिसर, काठमाडौंले आर्थिक बर्ष २०८२/८३ मा काठमाडौंमा