‘बन्दै छ मेरो देश…’ राष्ट्रिय कविता प्रतियोगिता हुँदै « Khabarhub

‘बन्दै छ मेरो देश…’ राष्ट्रिय कविता प्रतियोगिता हुँदै


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युवामा देशभक्तिको भावना जगाउँदै सकारात्मक सोच विकास गर्न टोखास्थित न्हुजः खलः (नयाँ किरण समूह)को ‘बन्दै छ मेरो देश, सहभागिता मेरो पनि’ भन्ने मूलभावमा राष्ट्रिय यूवा कविता प्रतियोगिता आयोजना गर्दैछ ।

‘समृद्ध नेपाल सुखी नेपाली’मा विश्वास गर्ने देशभरका युवरुलाई आफ्ना भावना शब्दहरुमा उनेर कविता सम्प्रेषित गराउन यो प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।

आगामी फागुन ११ गते हुने प्रतियोगितामा देशभरका ४० वर्षमुनिका युवाबाट यही माघ २५ गतेभित्र कविता आह्वान गरिएको समूहका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

कविता देशभक्ति भावना, राष्ट्रिय एकता, समृद्ध देश निर्माणका योजना र सकारात्मक भावना सम्प्रेषण गर्ने विषयवस्तुमा केन्द्रित हुनुपर्नेछ । देशभरबाट सम्प्रेषित कवितामध्ये निर्णायक मण्डलबाट छनोट भएका १०० कविलाई काठमाडौँमा आमन्त्रण गरिनेछ ।

देशभक्ति भावनामा कलम चलाउने १०० कविको समूह टोखा नगरपालिकाका स्थानीय १५० युवा समाहित गरी फागुन १० गते एक दिवसीय ‘राष्ट्रिय युवा कार्यशाला’ आयोजना गरिनेछ ।

युवामा सकारात्मक भावनाको अभिवृद्धि गराउने र देशको अवस्था जानकारी गराउने हेतुले कार्यशालामा देशका विशिष्ट विज्ञबाट ‘युवाको अधिकार र कर्तव्य’, ‘नेपालमा भौतिक विकासको अवस्था’ र ‘नेपालको भविष्य’ गरी तीन शीर्षकमा कार्यपत्र प्रस्तुत हुनेछन् भने युवाले प्रत्यक्ष अन्तक्रिया गर्नेछन् ।

तत्कालीन टोखा चण्डेश्वरी–२ (साविक टोखा नगरपालिका वडा नं २) मा न्हुजः पुस्तकालयको स्थापना गरिएको थियो । जनतामा जागरण पैदा गरी जनतालाई आफ्नो हक, अधिकार र कर्तव्यका बारेमा सचेत गराउने हेतुले स्थापना भएको न्हुजः पुस्तकालयको उद्घाटन तत्कालीन स्थानीय जनप्रतिनिधि स्व पद्मरत्न तुलाधरबाट विसं २०४१ साल भदौ १ गते भएको थियो ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ९ : १७ बजे

हिमालयन लाइफको सीईओ नियुक्ति रोक्न सर्वोच्चको आदेश

काठमाडौं–सर्वोच्च अदालतले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृत

‘संक्रामक पशु रोग नियन्त्रण विधेयकमाथि भएका सुझावले कानुनलाई थप विशिष्ट बनाउँछ’

काठमाडौं– विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३

बाफिया संशोधन गर्दै कारबाही भोगेका व्यक्ति बैंक सञ्चालक बन्न पाउने!

काठमाडौं– सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन गर्दै

कक्षा १ देखि १२ सम्म यौन शिक्षा अनिवार्य गर्न रञ्जु दर्शनाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रन्जु दर्शना न्यौपानेले बालबालिका तथा

हर्मुज जलघाँटी खुलाउनेबारे इरान–ओमानबीच छलफल

तेहरान- हर्मुज जलघाँटी हुँदै जहाजको आवागमन सहज बनाउने विषयमा छलफल गर्न