बाँकेमा लागुऔषधको घटना १३ प्रतिशतले घट्यो | Khabarhub Khabarhub

बाँकेमा लागुऔषधको घटना १३ प्रतिशतले घट्यो


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- बाँके जिल्लामा लागुऔषध सेवन र कारोवारको घटना यस वर्ष १३ प्रतिशतले घटेको छ ।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाका अनुसार, प्रभावकारी सूचना संयन्त्र, चेकजाँचमा कडाइ, प्रहरी सक्रियता र ब्यूरो कार्यालयको स्थापनाका कारण घटनाको प्रतिशतमा कमी आएको हो ।

जिल्ला खुला सिमाना भएकाले भारत र नेपाल दुवैतर्फबाट लागुऔषध प्रयोगकर्ता र कारोवारी बढ्दै जान थालेपछि यसको रोकथामका लागि प्रहरीले संरचनागत व्यवस्थासहित आफ्नो सक्रियता बढाएको हो ।

खुला सिमानाका कारण भारतबाट ब्राउनसुगर, कोरेक्स, नाइट्रोजेपाम ट्याब्लेटलगायतका लागुऔषध नेपालमा भित्रिने गरेको छ । नेपालबाट गाँजा र चरेशलगायतको लागुऔषध भारतमा जाने गरेको छ ।

विशेषतः सीमानाकामा दुवै मुलुकका प्रहरीले कडाइ गरेपछि अहिले लागुऔषधको कारोवार घटेको प्रहरी निरीक्षक थापाले बताउनुभयो । तथापि, यसका सेवनकर्ता र कारोवारीले शरीरको गुप्ताङ, मुखलगायत विभिन्न स्थानमा लागुऔषध लुकाएर ल्याउने गरेको प्रहरीको भनाइ छ ।

जिल्लामा अहिले ठूलो परिणामको लागुऔषधको कारोवार घटे पनि सानो परिणाममा लागुऔषध ओसारपोसार भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

चालु आर्थिक वर्षको छ महिनामा जिल्ला प्रहरी कार्यालयले १६३ लागुऔषध प्रयोगर्तालाई कारवाही गरेको छ । जिल्ला कारागारमा मात्र अहिले करिब २०० बढी कैदी लागुऔषध मुद्दाकै रहेको जनाइएको छ ।

लागुऔषधको कुलतमा फसेकाको उपचारका लागि जिल्लामा सात वटा पुनःस्थापन केन्द्र खोलिएका छन् ।

लागुऔषधको क्षेत्रमा काम गर्ने सङ्घसंस्थाका अनुसार बाँकेका झण्डै एक हजार बढी प्रयोगकर्ता छन् । लागुऔषध प्रयोगकर्ताको पुनःस्थापना गरेर समस्या समाधान गर्नुपर्ने लागुऔषधविरुद्धका अभियन्ता अभिराज क्षेत्रीको सुझाव छ ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ९ : ४० बजे

प्रदेश सरकारले पुनः निर्माण कोषमा ४० करोड जम्मा गर्ने

विराटनगर – कोशी प्रदेश सरकारले पुनःनिर्माण कोषमा रु ४० करोड

भारतलाई हराउँदै बंगलादेश साफ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं – बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

विश्वकप छनोटका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसीसी यु–१९ महिला

सुगम नगरको दुर्गम बस्ती

कञ्चनपुर – यहाँको भीमदत्त नगरपालिका–९ खल्लाकी निर्मला खड्काको पाँच कट्ठा

गोसाइँकुण्डमा हिमपात सुरु

रसुवा – गोसाइँकुण्ड क्षेत्रमा हिमपात सुरु भएको छ । लौरीविनायकभन्दा