बाँकेमा लागुऔषधको घटना १३ प्रतिशतले घट्यो « Khabarhub

बाँकेमा लागुऔषधको घटना १३ प्रतिशतले घट्यो


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- बाँके जिल्लामा लागुऔषध सेवन र कारोवारको घटना यस वर्ष १३ प्रतिशतले घटेको छ ।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाका अनुसार, प्रभावकारी सूचना संयन्त्र, चेकजाँचमा कडाइ, प्रहरी सक्रियता र ब्यूरो कार्यालयको स्थापनाका कारण घटनाको प्रतिशतमा कमी आएको हो ।

जिल्ला खुला सिमाना भएकाले भारत र नेपाल दुवैतर्फबाट लागुऔषध प्रयोगकर्ता र कारोवारी बढ्दै जान थालेपछि यसको रोकथामका लागि प्रहरीले संरचनागत व्यवस्थासहित आफ्नो सक्रियता बढाएको हो ।

खुला सिमानाका कारण भारतबाट ब्राउनसुगर, कोरेक्स, नाइट्रोजेपाम ट्याब्लेटलगायतका लागुऔषध नेपालमा भित्रिने गरेको छ । नेपालबाट गाँजा र चरेशलगायतको लागुऔषध भारतमा जाने गरेको छ ।

विशेषतः सीमानाकामा दुवै मुलुकका प्रहरीले कडाइ गरेपछि अहिले लागुऔषधको कारोवार घटेको प्रहरी निरीक्षक थापाले बताउनुभयो । तथापि, यसका सेवनकर्ता र कारोवारीले शरीरको गुप्ताङ, मुखलगायत विभिन्न स्थानमा लागुऔषध लुकाएर ल्याउने गरेको प्रहरीको भनाइ छ ।

जिल्लामा अहिले ठूलो परिणामको लागुऔषधको कारोवार घटे पनि सानो परिणाममा लागुऔषध ओसारपोसार भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

चालु आर्थिक वर्षको छ महिनामा जिल्ला प्रहरी कार्यालयले १६३ लागुऔषध प्रयोगर्तालाई कारवाही गरेको छ । जिल्ला कारागारमा मात्र अहिले करिब २०० बढी कैदी लागुऔषध मुद्दाकै रहेको जनाइएको छ ।

लागुऔषधको कुलतमा फसेकाको उपचारका लागि जिल्लामा सात वटा पुनःस्थापन केन्द्र खोलिएका छन् ।

लागुऔषधको क्षेत्रमा काम गर्ने सङ्घसंस्थाका अनुसार बाँकेका झण्डै एक हजार बढी प्रयोगकर्ता छन् । लागुऔषध प्रयोगकर्ताको पुनःस्थापना गरेर समस्या समाधान गर्नुपर्ने लागुऔषधविरुद्धका अभियन्ता अभिराज क्षेत्रीको सुझाव छ ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ९ : ४० बजे

बोपुङको वासिङ पहिरो : बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ– जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई उठीबास बनाउँदै

अल्जेरियालाई सहजै पन्छाउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – अल्जेरियालाई २–० ले पराजित गर्दै स्विट्जरल्यान्ड फिफा विश्वकपको

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न विभागको निर्देशन, उल्लङ्घन गरे कारबाही हुने

काठमाडौं– पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत पन्छी

औषधि आपूर्ति शृङ्खला सुधार्न विभागको ६ बुँदे निर्देशन

 काठमाडौं – औषधि व्यवस्था विभागले मुलुकमा औषधिको आपूर्ति शृङ्खला व्यवस्थित बनाउन तथा

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त

काठमाडौं- सरकारले चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा वरिष्ठ चिकित्सक