नियम उल्लंघन गर्ने सवारी चालक बढे, दैनिक २५ सयलाई कारबाही | Khabarhub Khabarhub

नियम उल्लंघन गर्ने सवारी चालक बढे, दैनिक २५ सयलाई कारबाही



काठमाडौं–काठमाडौं उपत्यकामा आवतजावत गर्ने पैदलयात्री र सवारी चालकको यात्रा सहज बनाउन विभिन्न ट्राफिक अभियानहरु सञ्चालन भइरहन्छन् ।

सञ्चालन भएका अभियानहरु केही समय चल्ने र फितलो बन्दै जाने गर्छन् । तर पछिल्ला समय कतिपय ट्राफिक अभियान प्रभावकारी बन्दै गइरहेका छन् । जसमध्ये लेन अनुशासन, मादक पदार्थ सेवन र अनाधिकृत पार्किङ पनि हुन् ।

लेन अनुशासनको नियम नुहँदा सवारी साधन एक–आपसमा ठोक्किने र क्षति तथा दुर्घटना हुने जस्ता समस्या निम्तिएकाले महाशाखाले यो अभियान अघि सारेको थियो ।

वि.स. २०७१ साल असोज २६ गतेबाट लेनअनुशासन पालना गर्नुपर्छ भन्दै महाशाखाले यो अभियान ल्याएका थियो । सवारी चालकले लेन पालना गरे नगरेको हेर्नका लागि चोक–चोकमा ट्राफिक प्रहरी बस्ने र कारबाही गर्ने प्रक्रियाको थालनी भयो ।

लेन अनुशासन पालना नगर्दा हालसम्म लाखौं सवारी चालकहरु कारबाहीमा परिसकेका छन् । तथ्याङ्क हेर्ने हो भने दैनिकजसो २ सयको हाराहारीमा चालकहरु कारवाहीमा पर्ने गर्छन् ।

महानगरीय ट्राफिक प्रहरी महाखाको तथ्याङ्कअनुसार अभियान सञ्चालन भएदेखि हालसम्म लेनअनुशासन पालना नगर्ने ३ लाख २९ हजार ७ सय जना चालक कारबाहीमा परेका छन् ।

हालसम्म कारबाहीमा पर्नेमध्ये ३ लाख १३ हजार ४ सय जना पुरुष र १६ हजार २ सय ३० जना महिला रहेका छन् । जसमध्ये भद्रकाली–सिंहदरवार क्षेत्रमा सबैभन्दा धेरै चालक कारवाहीमा पर्ने गरेको महाशाखाले जनाएको छ ।

०७१ सालबाट शुरु भएको यो अभियानबाट ३ लाख १६ हजार ८ सय रुपैयाँ राजस्व संकलन भएको छ ।

ट्राफिकको आँखा छल्यो कि घरमै पुग्छ चिट : ढकाल

ट्राफिक प्रहरी छ कि छैन भन्दै हेर्ने र नदेखेमा नियम मिच्ने सवारी चालकलाई घरमै चिट पुर्‍याइरहेको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक भीम ढकालले खबरहबलाई जानकारी दिए ।

‘पहिले जस्तो प्रहरीको आँखा छल्दै सवारी चलाउने जमाना गए’ ढकालले भने, ‘अहिले उपत्यकाभर सीसीटीभी क्यामेरा जडान छन् । त्यसकै माध्यमबाट हामीले नियम मिच्नेलाई कारबाही गरिरहेका छौं ।’

उपत्यकाका १ हजार ७ सय स्थानमा सीसीटीभी क्यामेरा जडानको अवस्थामा छन् । ट्राफिक प्रहरी नभएका स्थानमा सोही क्यामेराले चालकलाई निगरानी गरिरहेको उनी बताउँछन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सीसीटीभी कन्ट्रोल रुम छ भने त्यहाँबाट उपत्यकाभरका सडकमा कहाँ कसले गल्ती गरिरहेको छ सबै निगरानी भइरहेको छ ।

‘सीसीटीभी क्यामेराबाट गल्ती गर्नेलाई जुम गर्ने र नम्बर प्लेट हेरेर यातायात कार्यालयमा फोन गर्छौ र चालकको सम्पर्क नम्बर लिन्छौं’ उनले भने, ‘लगत्तै चालकलाई फोन गरेर बग्गीखाना बोलाउँछौं २ घण्टाको सचेतना कक्षा पनि लिन्छन् र जरिवाना पनि तिरेर जान्छन् ।’

नियम मान्ने कि ज्यान जोगाउने : सवारी चालक

हप्तादिन अघि मोटरसाइकलमा भद्रकालीबाट अनमनगर जाँदै थिए सबिन शाही । उनको पछाडी थियो सार्वजनिक यातायात ।

‘मेरो पछाडी आउँदै गरेको बस निकै स्पिडमा थियो’ शाहीले खबरहबसगको कुराकानीमा भने, ‘त्यो बेला म नियम हेरेर बस्ने कि ज्यान बचाउने ? त्यसकारण लेन मिचियो ।’

ट्राफिक प्रहरीले पनि परिस्थिति हरेर कारवाही गरेमा राम्रो हुने उनले बताए । ‘सबैभन्दा ठुलो कुरा नै जीवन हो, म बाच्न सफल भएँ नि, स्पीडमा चलाउने बस चालकलाई कारवाही नहुने किन ?’ बुधबार महाशाखामा सचेतना कक्षा लिन आइपुगेका उनले गुनासो पोखे ।

उनी जस्ता थुप्रै व्यक्तिहरु थिए सचेतना कक्षामा । विभिन्न नियमहरु उल्लंघन गरेको भन्दै ट्राफिक प्रहरीले सवारी चालक अनुमति पत्र (लाइसेन्स) लगेपछि अनिवार्य रुपमा कक्षामा आउनुपरेको बाध्यता उनीहरुले सुनाए ।

पुरानै नियमलाई ट्राफिक प्रहरीले प्रभावकारी ढंगले कार्यान्वयन गर्दै अघि बढेसँगै अहिले विभिन्न नियमहरु पालना नगर्ने चालकको संख्या दैनिक २५ सयको हाराहारीमा पुगेको छ ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ९ : ५९ बजे

विलासी करको विरोध गर्दै सुनचाँदी व्यवसायी सडकमा (तस्बिरहरू)

काठमाडौं– सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले आज विरोध प्रदर्शन

भृकुटीमण्डपमा सिंहदरबारको कुरुप अनुहार !

काठमाडौँ – संघीय राजधानीभित्र रहेका सार्वजनिक स्थल राज्य संरक्षित बिचौलियाबाटै

विपन्न परिवारको जीविकोपार्जन सुधार्न बाख्रासँगै डुँड वितरण

कञ्चनपुर– विपन्न वर्गको जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले कञ्चनपुरका नौ वटै

अञ्जना र सुशीलले सुरु गरे ‘परिवर्तन’को छायाङ्कन

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइलीले नयाँ

अझै बनेन धुलिखेल–खावा सडक

काठमाडौं– काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल–खावा सडक समयमै निर्माण नहुँदा यात्रुहरूले सास्ती