नेकपा बैठकः समूहगत छलफलमा एमसीसीदेखि सरकारको कार्यशैलीमाथि प्रश्न « Khabarhub

नेकपा बैठकः समूहगत छलफलमा एमसीसीदेखि सरकारको कार्यशैलीमाथि प्रश्न

टोली नेताले आज दिनेछन् आ–आफ्नो प्रस्तुति


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधवारबाट राजधानीमा शुरु भएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय कमिट बैठक आज तेस्रो दिन पनि जारी रहेको छ ।

पहिलोदिन अर्थात बुधवार पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि हिजोबाट समूहगत रुपमा छलफल शुरु भएको थियो ।

पार्टी कार्यालय धुम्बाराही, पेरिसडाँडा र राष्ट्रिय सभागृहमा २९ जनाका दरले १५ वटा समूह गठन गरिएको थियो ।

विहीवार १५ वटा समूहले टोली नेता चयन गर्ने र त्यसपछि छलफल गर्ने कार्य गरेका थिए ।

अधिकांश जसो टोलीले हिजो नै छलफल सकेका छन् । र केहीले आज मध्याह्नसम्म सकेर टोली प्रमुखले केन्द्रीय कमिटीको पूर्ण बैठकमा निष्कर्षहरु प्रस्तुत गर्नेछन् ।

अधिकांश सूमहका एमसीसीबारे चर्चा

१५ वटा समूह बनाएर गरिएको छलफलमा अधिकांश जसो केन्द्रीय नेताले प्रतिवेदनमा उल्लेख गरिएको एमसीसीबारे धेरै चासो राखेको पाइएको छ । त्यस्तै सदस्यहरुले भ्रष्टाचार, सरकार पार्टीको निर्देशनमा चल्नुपर्ने धारणा राखेका थिए ।

आनन्द पोखरेर संयोजक रहेको समूह नम्बर एकमा आफ्ना धारणा राख्ने अधिकांश जसो नेताहरुले अमेरिकासँगको एमसीसी सम्झौता, सरकारको काम कारवाही र पार्टी एकताको समिक्षा गरेका थिए । समूहका संयोजक पोखरेलका अनुसार एमसीसीबारे धेरै नेताहरुले कुरा राखेका थिए । उनीहरुमध्ये केहीले एमसीसी पास गर्नुपर्ने, परिमार्जन गरेर पास गर्नु पर्ने र केहीले कुनै पनि हालतमा पास गर्न नुहुने धारणा राखेका थिए ।

त्यस्तै समूह दुईमा धारणा राख्नेहरु मध्ये अधिकांशले एमसीसी पारित गर्नुअघि अझै छलफल गर्नुपर्ने धारणा राखेका थिए । त्यस्तै सरकारले सोचे अनुरुपको काम गर्न नसकेको भन्दै आलोचना भएको थियो ।

समूह तीन का संयोजक खिमलाल भट्टराइका अनुसार आफ्नो समूहमा विशेष गरि एमसीसी र सरकारका कामहरबारे कुरा उठेको जानकारी दिए ।  ‘एमसीसीबारे पार्टी स्पष्ट नभएका कारण तल्लो तहमा अन्योल भएको र सरकारको कामकारवाही प्रभावकारी नभएको विषयमा कुरा उठेको जनाए ।

नेकपाका ४ सय ४५ केन्द्रीय सदस्यहरू १५ समूहमा बाँडिएर छलफल गरेका हुन् । एमसीसीबारे प्रधानमन्त्री ओली र ओलीइतर नेताको गुटको प्रभाव समूहगत छलफलमा स्पष्टै देखिएको छलफलमा सहभागी नेकपाका एक जना केन्द्रीय सदस्यले बताए ।

ओली पक्षधर नेताहरूले एमसीसी सम्झौता जतिसक्दो छिटो कार्यान्वयनमा लैजानुपर्ने जोड दिइरहेका छन् भने प्रचण्ड र नेपाल पक्षका नेताहरुले भने थप छलफल आवश्यक रहेको बताए उनको भनाइ छ ।

‘अहिलेकै प्रावधानमा एमसीसी सम्झौता अघि बढाउन नसकिने धारणा पनि आएको छ र तत्कालै पास गरिहाल्नु पर्छ भन्ने पनि रहेको छ ‘ यो वैठक विशेष गरि एमसीसीमै रुमलिएको पाइएको छ ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ११ : ३१ बजे

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन

कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक

काठमाडौँ – नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई समाधान गर्दै आगामी १५

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

मुस्ताङ– लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई

इन्जुरी समयको गोलले जोगियो कतार, स्वीट्जरल्यान्डसँग ऐतिहासिक बराबरी

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा

भारतीय अवरोधले चिया उद्योग बन्द हुने अवस्थामा, पहल गरिदिन परराष्ट्रसँग आग्रह

इलाम– भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया