नेकपा बैठकमा समूहगत छलफल अन्तिम चरणमा, केही नेताहरुले मात्र धारणा राख्न बाँकी « Khabarhub

नेकपा बैठकमा समूहगत छलफल अन्तिम चरणमा, केही नेताहरुले मात्र धारणा राख्न बाँकी


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेकपाको जारी केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल लगभग अन्तिम चरणमा पुगेको छ ।

बुधवार पार्टी अध्यक्षद्वय केपी श्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल भएको हो । ४ सय ४१ केन्द्रीय सदस्य १५ समूहमा बाँडिएर छलफलमा जुटेका हुन् ।

१५ मध्ये समूह ३, ४, ५, ६, ७, १२, १३, १४ र १५ का सबै नेताहरुले आफ्नो धारणा विहीवार नै राखिसकेका छन् ।

समूह १, २, ८, ९, १० र ११ मा रहेका नेताहरुले शुक्रवार(आज) विहानैबाट छलफल शुरु गरेका थिए । बाँकी नेताहरुले धारणा राखिसकेपछि टोली नेताले केन्द्रीय कमिटीको वैठकमा आ–आफ्नो प्रस्तुति दिन कार्यक्रम रहेको छ ।

राष्ट्रिय सभागृहमा ८, पार्टी कार्यालय धुम्बाराहीमा ४ र जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा ३ समूहले छलफल गरेका थिए ।

छलफलमा सहभागी अधिकांश नेताहरुले अमेरिकी सहयोग एमसीसी, सरकारको काम कारवाही र पार्टी एकताबारे आफ्ना धारणा राखेका छन् ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  १२ : २१ बजे

तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै

जुम्ला– जुम्लाको तिलागाउँपालिकाले चालु आर्थिक वर्षमा ठूला विकासे योजना कार्यान्वयनलाई

चर्चित कृतिमा सिनेमा : महाकविको ‘मुनामदन’देखि बीपीको ‘तीनघुम्ती’ ठूलो पर्दामा

काठमाडौँ – नेपाली सिने जगतमा अधिकतर फिल्म काल्पनिक कथामै बन्ने

कैलालीका एक युवाबाट श्रीमतीको गोली हानी हत्या

सुदूरपश्चिम– कैलालीको गोदावरी नगरपालिका–४ अमेलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–६ रायखोर र कोटगाउँमा बास्केटबल ‘कोर्ट’ निर्माण भएको

इरानको ग्यास क्षेत्र ध्वस्त पारिदिने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको विशाल प्राकृतिक ग्यास