सांसदको प्रश्नः एक जना मरे भन्दैमा छाउगोठ भत्काउन पाइन्छ ? | Khabarhub Khabarhub

सांसदको प्रश्नः एक जना मरे भन्दैमा छाउगोठ भत्काउन पाइन्छ ?


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रतिनिधिसभा सांसद गजेन्द्र बहादुर महतले गृहमन्त्रालयले कर्णाली प्रदेशका विभिन्न जिल्लामा छाउगोठ भत्काएकोमा आपत्ति जनाएका छन् ।

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा सांसद महतले एक जनाको मृत्यु भएको भन्दैमा छाउगोठका नाममा आफ्ना घरहरु भत्काउन नमिल्ने बताएका हुन् ।

‘छाउगोठका नाममा हाम्रा घरहरु भत्काइएका छन् । एउटा व्यक्तिको मृत्यु भयो भन्दैमा घर भत्काउन पाइन्छ?’ प्रश्न गर्दै उनले भने भने,‘ ८ जना मान्छेको होटलमा मृत्यु भएको छ होटल भत्काउँदै हिँड्ने ? हजारौं मान्छेहरुको बसमा मृत्यु भएको छ अनि बसमा आगो लगाउँदै हिँड्ने ? चाहिँदो काम गर्नुपर्‍यो नि ।’

उनले कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा नुन बेचिएको, अस्पताल बेचिएको र भ्रष्टाचार बढेको तर्फ गृह मन्त्रालयले ध्यान नदिएको तर छाउगोठका नाममा घर भत्काउँदै हिँडेको आरोप लगाए ।

‘जिल्लामा नुन बेचिएको छ, अस्पताल बेचिएको छ त्यत्रो भ्रष्टाचार भएको छ उनीहरुलाई समात्नु छैन । पुलको बाटोको व्यहाल छ, ठेकेदार कहाँ छ कहाँ छ थाहा छैन तिनीहरुलाई पक्रेर कारवाही गर्नु पर्दैन ।’

हिजो गोर्खाली सेनाको नाममा घरहरु भत्काइएको र अहिले अहिले छाउगोठको नाममा घर भत्काउने कार्य गरेको भन्दै उनले प्रश्न गरे,‘ गृहमन्त्रालय काम पाएको छैन ?’

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  १२ : ४१ बजे

फरक ढङ्गको विकासको अभ्यासमा छौँ : मुख्यमन्त्री कार्की

दमक– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकार फरक ढङ्गको

ओली-प्रचण्ड वार्ता : नयाँ बजेट, उपनिर्वाचन र माधव नेपालको असन्तुष्टिबारे कुराकानी

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदार नेकपा (एमाले)

मेयर बालेनबारे ओलीको टिप्पणी : सुकुम्बासी र गरिबलाई देखिसहेनन्, लखेटिरहे

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिका

कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुर– कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। बेलौरी नगरपालिका-७

विश्वासको मत नलिए नयाँ सरकार निर्माणको प्रक्रिया सुरु हुन्छ : सचेतक भण्डारी

विराटनगर– कोसी प्रदेशसभा नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका प्रमुख