सांसदको प्रश्नः एक जना मरे भन्दैमा छाउगोठ भत्काउन पाइन्छ ? « Khabarhub

सांसदको प्रश्नः एक जना मरे भन्दैमा छाउगोठ भत्काउन पाइन्छ ?


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रतिनिधिसभा सांसद गजेन्द्र बहादुर महतले गृहमन्त्रालयले कर्णाली प्रदेशका विभिन्न जिल्लामा छाउगोठ भत्काएकोमा आपत्ति जनाएका छन् ।

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा सांसद महतले एक जनाको मृत्यु भएको भन्दैमा छाउगोठका नाममा आफ्ना घरहरु भत्काउन नमिल्ने बताएका हुन् ।

‘छाउगोठका नाममा हाम्रा घरहरु भत्काइएका छन् । एउटा व्यक्तिको मृत्यु भयो भन्दैमा घर भत्काउन पाइन्छ?’ प्रश्न गर्दै उनले भने भने,‘ ८ जना मान्छेको होटलमा मृत्यु भएको छ होटल भत्काउँदै हिँड्ने ? हजारौं मान्छेहरुको बसमा मृत्यु भएको छ अनि बसमा आगो लगाउँदै हिँड्ने ? चाहिँदो काम गर्नुपर्‍यो नि ।’

उनले कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा नुन बेचिएको, अस्पताल बेचिएको र भ्रष्टाचार बढेको तर्फ गृह मन्त्रालयले ध्यान नदिएको तर छाउगोठका नाममा घर भत्काउँदै हिँडेको आरोप लगाए ।

‘जिल्लामा नुन बेचिएको छ, अस्पताल बेचिएको छ त्यत्रो भ्रष्टाचार भएको छ उनीहरुलाई समात्नु छैन । पुलको बाटोको व्यहाल छ, ठेकेदार कहाँ छ कहाँ छ थाहा छैन तिनीहरुलाई पक्रेर कारवाही गर्नु पर्दैन ।’

हिजो गोर्खाली सेनाको नाममा घरहरु भत्काइएको र अहिले अहिले छाउगोठको नाममा घर भत्काउने कार्य गरेको भन्दै उनले प्रश्न गरे,‘ गृहमन्त्रालय काम पाएको छैन ?’

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  १२ : ४१ बजे

किसानको फेरिएको दैनिकी: पहिले किनेर खान्थे, अहिले तरकारी बेचेर कमाउँछन्

म्याग्दी – बेनी नगरपालिका–५ डडुवाकी मनकुमारी भण्डारीले यो याममा प्लास्टिक

उपत्यकामा ग्यास अभाव हुन नदिन बाहिरका प्लान्टबाटै सिलिन्डर भर्ने चटारो

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा एलपी

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको

विपद्‍मा बालेन व्यवस्थापन कस्तो ?

काठमाडौँ – भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढी र

कांकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो क्यामेरा’ बाट निगरानी

झापा– नेपालको पूर्वी सीमा नाका कांकडभिट्टामा सशस्त्र प्रहरी बलले उच्च