अमेरिका पुगेका तीन नेपालीले जिते सवा १ करोडको चिट्ठा ! « Khabarhub

अमेरिका पुगेका तीन नेपालीले जिते सवा १ करोडको चिट्ठा !


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

अमेरिका– अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरका तिन युवाहरुले सयुक्त रुपमा १ लाख डलरको चिट्ठा जितेका छन् ।

उनीहरुले उक्त एक लाख डलरको रकम भएको स्क्रायच चिट्ठा मेरिल्याण्डमा किनेका थिए । एक लाख अमेरिकी डलर झन्डै अर्थात् एक करोड १४ लाख नेपाली रुपैयाँको लोटरी जितेका हुन् ।

तीनै जना आफन्त हुन् भने उनीहरु नेपालको बाग्लुङ र पर्वत जिल्ला घर भई हाल अमेरिकाको मेरिल्याण्ड राज्यको ग्लेनबर्नी शहरमा बसोबास गर्दछन् ।

उक्त चिट्ठा जित्ने तीन युवारुमा क्रमस डोलेन्द्र पौडेल ,दिपक रिजाल तथा जीवन शर्मा रहेका मेरिल्याण्डबाट सञ्चालिन अनलाइन न्यूजब्रेकले मेरिल्याण्ड लोटरीलाई उदृत गर्दै जनाएको छ ।

उनीहरु तीनै जनाले हालसालै क्रयाक-पट लिक्वयर्स ( मदिरा पसल) तथा क्रयाक-पट रेस्टुरेन्ट (चमेना गृह) खरिद गरि संचालनमा ल्याएका छन् । संचालन गरेको केही समय मै उनीहरुले चिट्ठा जितेका हुन् । चिट्ठा रकम हात पारेपछि तीन जानै हर्षित भएका छन् ।

उनीहरुले ५० एक्स दि क्यास गेम नामक चिट्ठा खेलेका थिए । चिट्ठाको रकम प्राप्त भए पछि आफूहरुले संचालनमा ल्याएको ब्यबसायमा सहयोग हुने बताएको अमेरिकाबाट प्रकाशन हुने नेपाली अनलाइन इनेप्लिज डटकमले जनाएको छ ।

७ बर्ष अगाडि अमेरिका पुगेका उनीहरु गत हप्ता तीनै जना मेरिल्याण्ड को टाउसन शहर स्थित ईजि कन्भिनिएन्स एण्ड डेली नामक पसलबाट स्क्राच अफ नामक चिट्ठा खेलेका थिए ।

उनीहरुले ५०एक्स नामक चिट्ठा सहित अन्य चिट्ठा पनि खरिद गरेका थिए । उक्त चिट्ठा जीवन शर्माले कोट्याउदा १० डलर तुरुन्तै प्राप्त गरेका थिए उक्त अङ्क संग मूनि रहेकामा १ लाख डलर अङ्क मिल्न गएको थियो

तीनै जना चिट्ठा को मुख्यालय बाल्टिमोर गई दाबी गरेका थिए । कर र सबै कटाएर उनीहरुको भागमा जनही २२,१२६.५० सेन्ट परेको छ । टाउसन चिट्ठा बेच्ने पसलले पनि १ हजार डलर लाभांस पाएको छ ।

५०एक्स नामक चिट्ठामा १ लाख पार्ने नेपाली पहिला भएका छन् अन्य ६ वटा शीर्ष चिट्ठाहरु अझ बाँकी रहेको छ । उक्त चिट्ठा यही जनवरी २०२० देखि मात्र खुलेको हो भने अझ ८ जनाले ५० हजार डलर को कसैले दाबी नगरेको बुझिएको छ ।

पुरस्कार लिदा नेपाल भ्रमण बर्ष २०२० को टिसर्ट लगाई प्रचार गरिएको तस्बिरमा देखिएको छ ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  १ : १७ बजे

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र

इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको सङ्ख्या २१ पुग्यो

काठमाडौं- इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको

क्षतिग्रस्त बेनी-जोमसोम खण्डमा अस्थायी मार्ग निर्माण

म्याग्दी– कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी-जोमसोम सडकमा अस्थायी मार्ग

बूढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए

गण्डकी– बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्‍याउँदा गोरखाको