नेकपा बैठक : टोली नेताले सुनाउन थाले समूहको निश्कर्ष, अध्यक्ष ओली अनुपस्थित « Khabarhub

नेकपा बैठक : टोली नेताले सुनाउन थाले समूहको निश्कर्ष, अध्यक्ष ओली अनुपस्थित


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको जारी केन्द्रीय कमिटी बैठकमा समूहगत छलफलको निश्कर्ष प्रस्तुतिको शुरुवात भएको छ ।

बुधवारबाट राजधानीमा शुरु भएको केन्द्रीय कमिटी बैठकमा २९ जना सदस्य रहको १५ वटा समूह बनाइएको थियो ।

पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल भएको थियो । हरेक समूहले टोली नेता चयन गरेको थियो ।

समूहगत छलफलको निष्कर्ष आज शुरु भएको बैठकमा टोली प्रमुखले रिपोर्टिङ गर्ने काम शुरु भएको छ । जसको शुरुवाता टोली नम्बर दुईकी टोली नेता कमला रोकाबाट शुरु भएको छ ।

बैठकमा सचिवालय सदस्यहरु मञ्चमा बसेका छन् । तर प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओली भने बैठकमा अनुपस्थित रहेका छन् ।

१५ वटा समूह बनाएर गरिएको छलफलमा अधिकांश जसो केन्द्रीय नेताले प्रतिवेदनमा उल्लेख गरिएको एमसीसीबारे धेरै चासो राखेको पाइएको छ । त्यस्तै सदस्यहरुले भ्रष्टाचार, सरकार पार्टीको निर्देशनमा चल्नुपर्ने धारणा राखेका थिए ।

आनन्द पोखरेल संयोजक रहेको समूह नम्बर एकमा आफ्ना धारणा राख्ने अधिकांश जसो नेताहरुले अमेरिकासँगको एमसीसी सम्झौता, सरकारको काम कारवाही र पार्टी एकताको समिक्षा गरेका थिए । समूहका संयोजक पोखरेलका अनुसार एमसीसीबारे धेरै नेताहरुले कुरा राखेका थिए । उनीहरुमध्ये केहीले एमसीसी पास गर्नुपर्ने, परिमार्जन गरेर पास गर्नु पर्ने र केहीले कुनै पनि हालतमा पास गर्न नुहुने धारणा राखेका थिए ।

त्यस्तै समूह दुईमा धारणा राख्नेहरु मध्ये अधिकांशले एमसीसी पारित गर्नुअघि अझै छलफल गर्नुपर्ने धारणा राखेका थिए । त्यस्तै सरकारले सोचे अनुरुपको काम गर्न नसकेको भन्दै आलोचना भएको थियो ।

समूह तीन का संयोजक खिमलाल भट्टराइका अनुसार आफ्नो समूहमा विशेष गरि एमसीसी र सरकारका कामहरबारे कुरा उठेको जानकारी दिए ।  ‘एमसीसीबारे पार्टी स्पष्ट नभएका कारण तल्लो तहमा अन्योल भएको र सरकारको कामकारवाही प्रभावकारी नभएको विषयमा कुरा उठेको जनाए ।

त्यसअघि आजै बैठकमा प्रदेश कमिटीका प्रमुखहरुले रिपोर्टिङ गरेका थिए ।

को को छन् टोली नेता ?

१ नम्वर टोलीको नेता–उर्मिला अर्याल र आनन्द पोखरेल

२ नम्बरको टोली नेता– कमला रोका

३ नम्बर टोलीको नेता– खिमलाल भट्टराई

४ नम्बर टोलीको नेता– जगन्नाथ खतिवडा

५ नम्बर टोलीको नेता– ठाकुर गैरे

६ नम्बर टोलीको नेता–दिनानाथ शर्मा

७ नम्बर टोलीको नेता– पूर्णकुमारी सुवेदी

८ नम्बर टोलीको नेता– बिन्दा पाण्डे

९ नम्बर टोलीको नेता– भगवती चौधरी

१० नम्बर टोलीको नेता– युवराज ज्ञवाली

११ नम्बर टोलीको नेता– राजेन्द्र राई

१२ नम्बर टोलीको नेता –रेणु दाहाल

१३ नम्बर टोलीको नेता– लेखनाथ न्यौपाने

१४ नम्बर टोलीको नेता –राम कार्की

१५ नम्बर टोलीको नेता– हिमाल शर्मा

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ४ : ०८ बजे

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड

सार्वजनिक बिदाका दिनमा पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा

सुदूरपश्चिम – जिल्ला प्रशासन कार्यालय कैलालीले सार्वजनिक बिदाको दिनमा पनि

रौतहटमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु

जनकपुरधाम – आपसी विवादमा रौतहटको गजुरा नगरपालिका–५ हरिपुरमा आज एक

माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते

गण्डकी – काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको माइक्रोबस तनहुँको व्यास नगरपालिका