नेविसंघ नेता त्रिपाठीले तोडे अनसन | Khabarhub Khabarhub

नेविसंघ नेता त्रिपाठीले तोडे अनसन


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कांग्रेस पार्टी कार्यालय सानेपामा पाँचदिन देखि आमरण अनशनमा बसेका विद्यार्थी नेता नवराज त्रिपाठिले अनसन स्थगित गरेका छन् ।

विधानअनुसार नेपाल विद्यार्थी संघको पदाधिकारी र सदस्य मनोनयन गर्दा ३२ वर्षे उमेर हद लागू गर्न माग गर्दै नेता त्रिपाठी ५ दिनअघि आमरण अनसन शुरु गरेका थिए ।

आसन्न स्ववियु निर्वाचनमा नेविसंघलाई असर पर्ने भन्दै नेविसंघका नेता त्रिपाठीले अनशन स्थगित गरेका हुन् ।

विधानअनुसार नेविसंघको नेतृत्व चयन गर्नुपर्ने भन्दै त्रिपाठी अनशनमा थिए । तर पार्टी सभापति देउवाले राजिव ढुंगानाको नेतृत्वमा नेविसंघको तदर्थ समिति गठन गरेका थिए । नेविसंघको विधानमा ३२ वर्षे उमेरहद रहेपनि ५० वर्ष हाराहारीका ढुंगाना अध्यक्ष चयन भएका थिए ।

नेविसंघको विधान कार्यान्वयनको माग गर्दै पार्टी कार्यालय सानेपामा विगत ४० दिनदेखि रिले अनशन जारी थियो ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ५ : ०३ बजे

टोटनह्याममाथि चेल्सी २-० ले विजयी

काठमाडौं- इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ

बिग्रँदो टर्की इजरायल सम्बन्ध

काठमाडौं – इजरायलले गाजामा लगातार आक्रमण जारी राखेर मानवता विरोधी

बागमतीका १३ जिल्लाका कांग्रेस नेता तथा जनप्रतिनिधि दोलखामा 

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका कांग्रेस नेता

एकीकृत समाजवादी चितवनको अध्यक्षमा कन्दङ्गवा

चितवन– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ जिल्ला अधिवेशनले

आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै