नेविसंघ नेता त्रिपाठीले तोडे अनसन « Khabarhub

नेविसंघ नेता त्रिपाठीले तोडे अनसन


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कांग्रेस पार्टी कार्यालय सानेपामा पाँचदिन देखि आमरण अनशनमा बसेका विद्यार्थी नेता नवराज त्रिपाठिले अनसन स्थगित गरेका छन् ।

विधानअनुसार नेपाल विद्यार्थी संघको पदाधिकारी र सदस्य मनोनयन गर्दा ३२ वर्षे उमेर हद लागू गर्न माग गर्दै नेता त्रिपाठी ५ दिनअघि आमरण अनसन शुरु गरेका थिए ।

आसन्न स्ववियु निर्वाचनमा नेविसंघलाई असर पर्ने भन्दै नेविसंघका नेता त्रिपाठीले अनशन स्थगित गरेका हुन् ।

विधानअनुसार नेविसंघको नेतृत्व चयन गर्नुपर्ने भन्दै त्रिपाठी अनशनमा थिए । तर पार्टी सभापति देउवाले राजिव ढुंगानाको नेतृत्वमा नेविसंघको तदर्थ समिति गठन गरेका थिए । नेविसंघको विधानमा ३२ वर्षे उमेरहद रहेपनि ५० वर्ष हाराहारीका ढुंगाना अध्यक्ष चयन भएका थिए ।

नेविसंघको विधान कार्यान्वयनको माग गर्दै पार्टी कार्यालय सानेपामा विगत ४० दिनदेखि रिले अनशन जारी थियो ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ५ : ०३ बजे

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन

कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक

काठमाडौँ – नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई समाधान गर्दै आगामी १५

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

मुस्ताङ– लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई

इन्जुरी समयको गोलले जोगियो कतार, स्वीट्जरल्यान्डसँग ऐतिहासिक बराबरी

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा

भारतीय अवरोधले चिया उद्योग बन्द हुने अवस्थामा, पहल गरिदिन परराष्ट्रसँग आग्रह

इलाम– भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया